भारतीय स्मार्टफोन निर्माता लाभाको ‘आइरिस फ्यूल ५०’ सार्वजनिक

Technology Khabar १६ कार्तिक २०७१, आईतवार

भारतीय स्मार्टफोन निर्माता लाभाको ‘आइरिस फ्यूल ५०’ सार्वजनिक
Classic Tech

काठमाडौं, १६ कात्तिक । भारतीय स्मार्टफोन निर्माता कम्पनी लाभा इन्टरनेशनलले आइरिस स्मार्टफोनको नयाँ सीरिज ‘फ्यूल’ ब्राण्डअन्तर्गत हेडसेट सार्वजनिक गरेको छ । कम्पनीले शुक्रबार आइरिस सीरिजको नयाँ ब्राण्डको पहिलो स्मार्टफोन ‘आइरिस फ्यूल ५०’ सार्वजनिक गरेको हो ।

कम्पनीले यो फोन एन्ड्रोयड किटक्याट अपरेटिङ सिष्टममा आधारित रहेको जानकारी दिएको छ । यो स्मार्टफोनमा ३००० एमएएचको ब्याट्री छ भने १.३ गीगाहर्ज क्वाडकोर प्रोसेसर राखिएको छ ।lava-iris-fuel-50-budget-5-0-inch-smartphone-launched-india

यो स्मार्टफोन आफ्नो ब्याट्री ब्याकअपमा उत्कृष्ट भएको कम्पनीको भनाई छ । ब्याट्रीको क्षमताको आधारमा यो बजार मूल्यको रेन्जमा सबैभन्दा राम्रो स्मार्टफोन भएको बताईएको छ । यसको रेंजमा रहेका अन्य स्मार्टफोन ‘जिओमी रेडमी 1s’, ‘मोटो E’ तथा ‘आसुस जेनफोन 5’ भन्दा पनि निकै राम्रो ब्याट्री राखिएको छ । कम्पनीले यसको ब्याट्री डेड दिनसम्म चल्ने दाबी गरेको छ ।

यो फोनमा ८ मेगापिक्सलको अटोफोकस रियर क्यामरा छ भने फ्रन्ट क्यामरा २ मेगापिक्सलको रहेको छ । यसमा ड्यूअल एलईडी फ्ल्याश पनि छ ।

कम्पनीका चेयरम्यान हरि ओम रायले फ्यूल सीरिजको पहिलो स्मार्टफोन सार्वजनिक गरिएको भन्दै आरएण्डडी टीमले निकै मेहनत गरेको बताए ।

कम्पनीले यो सीरिजमा अन्य फोनहरुपनि छिटै सार्वजनिक गरिने जानकारी दिएको छ । यो फोनमा ५ इन्चको डिस्प्ले छ जसको रिजोलुशन ४८०X८५४ छ । यो फोनमा ड्यूल सिम प्रयोग गर्न सकिन्छ ।

कम्पनीले भारतमा यसको बजार मूल्य ७ हजार ७ सय ९९ भारतीय रुपैंया तोकेको छ । यो फोन नेपाली बजारमा कहिले उपलब्ध हुुन्छ भन्ने कुनै जानकारी छैन् ।

लावा आइरिस फ्यूल 50 को विशेषताहरु

* स्क्रीन- ५ इंच टच स्क्रीन आईपीएस डिस्प्ले
* प्रोसेसर- १.३ जीएचजेड क्वाड कोर प्रोसेसर
* र्याम- १ जीबी, ८ जीबी इंटरनल स्टोरेज, माइक्रो एसडी स्लट
* ओएस- एंड्रोयड ४.५.२ (किटक्याट)
* क्यामरा- ८ एमपी रियर डुअल एलईडी फ्ल्याशसहित
* फ्रंट क्यामरा- २ एमपी
* अडियो- ३.५ मिमी अडियो ज्याक, एफएम रेडियो
* आकार- ९.५ मिमी, १६० ग्राम तौल
* अन्य फीचर्स- ३ जी, वाई-फाई ८०२, ब्लूटूथ ४.०, जीपीएस
* ब्याट्री- ३००० एमएएच
* रंग- कालो

प्रकाशित: १६ कार्तिक २०७१, आईतवार

Comments are closed.

Loading...