लेनोभोले २.९१ विलियन डलरमा खरिद गर्यो मोटोरोला फोन

Technology Khabar १४ कार्तिक २०७१, शुक्रबार

लेनोभोले २.९१ विलियन डलरमा खरिद गर्यो मोटोरोला फोन
Global IME Bank

काठमाडौं ।

काठमाडौं, १४ कात्तिक । चीनियाँ कम्पनी लेनोभो ग्रुपले २.९१ विलियन डलरमा मोटोरोला मोबिलिटी खरिद गरेको छ । कम्पनीले गुगल इन्कसँग मोटोरोला खरिदपछि विश्वको स्मार्टफोन बजारमा सामसुंग र एप्पललाई चुनौती दिने भएको छ । यो अधिग्रहण चीनियाँ कम्पनीद्धारा गरिएको सबैभन्दा ठूलो खरिद मध्ये एक हो ।

‘लेनोभो विश्व स्मार्टफोन बजारमा तेस्रो नम्बरमा हुनेछ तर हामी यहाँ मात्रै रोकिने छैनौं, कम्पनीका प्रमुख कार्यकारी अधिकृत यांग युआनक्यूंगले भने, ‘हामी स्मार्टफोन र मोबाईल डिभाइस क्षेत्रमा नेतृत्व गर्न चाहान्छौं ।’

मोटोरोलाले लेनोभोलाई अमेरिका र यूरोपजस्ता परिपक्व र ससक्त बजारमा बिक्री वृद्धि गर्न सहयोग गर्नेछ, जहाँ पहिले नै मोटोरोलाले आफ्ना हेडसेट बिक्री गरिरहेको छ । हिजो मात्र भएको खरिदद्धारा लेनोभोले चीनियाँ कम्पनी जिओमी कर्पसँग बजार हिस्सामा नयाँ हतियार प्राप्त गरेको अनुमान गरिएको छ ।

लेनोभोले तेस्रो चौमासीकमा विश्व स्मार्टफोन बजारमा निर्यात ३८ प्रतिशतले वृद्धि गर्दै चौथो स्थानमा आएको छ । इन्टरनेशनल डेटा कर्पोरेशनले लेनोभोले यो वर्ष बजार हिस्सा ५.२ प्रतिशत पुर्याएको बताएको छ, जुन गत वर्ष ४.७ प्रतिशत मात्र थियो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत यांगले भारतमा भने अमेरिकी ब्राण्डको अगल लेबलमा बिक्री नियमीत गर्ने जानकारी दिए । उनले भारत लेनोभोको लागी सबैभन्दा महत्वपूर्ण बजार मध्ये एक भएको बताए । कम्पनीले भारतमा अनलाईन बिक्रीलाई पनि निरन्तरता दिने जानकारी दिएको छ । अहिले भारतीय बजारमा सामसुंग र माइक्रोम्याक्सपछि मोटोरोला तेस्रो स्थानमा रहेको कम्पनीको भनाई छ ।

गूगलले सन् २०१२ मा १२.४ अर्ब डलरमा मोटोरोला खरिद गरेको थियो । एजेन्सीको सहयोगमा

Sajilo Visa

प्रकाशित: १४ कार्तिक २०७१, शुक्रबार

तपाइको प्रतिक्रिया