संचारकर्मीहरुलाई सामसुङको ‘के जूम’ किस्ताबन्दीमा, बजार मूल्यमा ९ हजार ९ सय रुपैयाँ छुट

Technology Khabar १३ कार्तिक २०७१, बिहीबार

संचारकर्मीहरुलाई सामसुङको ‘के जूम’ किस्ताबन्दीमा, बजार मूल्यमा ९ हजार ९ सय रुपैयाँ छुट

काठमाडौं ।

काठमाडौं, १३ कात्तिक । इन्टिग्रेटेड मोबिलिटी सोलुसन (आइएमएस) प्रालिले नेपाली संचारकर्मीहरुलाई २० मेगापिक्सेल क्यामेरा भएको स्मार्टफोन नेपाली संचारकर्मीहरुलाई विशेष मुल्यमा उपलब्ध गराउने भएको छ । फोटोजर्नालिस्ट क्लबको सिफारिसमा कम्पनीले संचारकर्मीहरुलाई सामसुंग ग्यालेक्सी के जूम स्मार्टफोन उपलब्ध गराउने भएको हो ।

उक्त स्मार्टफोन खरिदका लागि ग्लोबल आइएमई बैंकमार्फत किस्ताबन्दी उपलब्ध हुने भएको छ । बजार मुल्य ५२ हजार ९ सय रहेको स्मार्टफोनमा १० एक्स जुमसहितको २० मेगापिक्सल क्यामेरा रहेको छ । कम्पनीले विहिवार काठमाडौंमा पत्रकार सम्मेलन गरि संचारकर्मीहरुलाई उक्त सुविधा दिने जानकारी दियो ।

पत्रकार सम्मेलनमा आएमएसका चेयरम्यान दिपक मलहोत्राले सामसुंग कम्पनीसँगको सहकार्य र सहयोगमा यस्तो छुट दिइन लागेको जानकारी दिए । उनले यो फोनमार्फत संचारकर्मीहरुले आवश्यकता अनुसारको फोटो खिच्न र फोनलगायतका अन्य सुविधा प्रयोग गर्न सहज हुने स्पष्ट पारे । उनले भने, ‘यो फोन व्यवसायीक क्यामेराको विकल्प होइन् तर सामान्य कम्याक्ट क्यामेरा प्रयोग गरिरहेका संचारकर्मीले यो फोनबाट पनि गुणस्तरीय फोटो खिच्न सक्दछन् ।’

राम्रो गुणस्तरको क्यामेरा र स्मार्टफोन एकै डिभाइसमा चाहने संचारकर्मीहरुका लागि यो सेट विकल्प हुनसक्दछ ।

समाचार संकलनका लागि जानेहरुले समाचार संकलनका साथै यो मोबाइलबाट तस्बिर खिचेर प्रकासित गर्न सहज हुने बिश्वास आइएमएसले लिएको छ । उच्चस्तरिय तस्बिर खिच्ने यो स्मार्टफोनको साथमा ५ हजार रुपैयाँ भन्दा बढि पर्ने कभर पनि निशुल्क उपलब्ध गराउने भएको छ । उपलब्ध गराएको केजुमको कभर प्रयोगपछि स्मार्टफोन खस्दापनि नफुट्ने आइएमएसको दाबी छ ।

फोटोजर्नालिस्ट क्लबले सिफारिस गरेका संचारकर्मीहरुलाई मात्रै ग्लोबल आइएमई बैंकले उसको फाइनान्सियल कन्डिसन, सम्बन्धित समाचार संस्थाको सिफारिसका आधारमा इएमआईका लागि आवश्यक खाता खोल्ने तथा क्रेडिट कार्ड जारी गर्ने छ । सोहि आधारमा बैंकले संचारकर्मीको क्षमताको आधारमा इएमआइको अवधि तय गर्ने जानकारी दिएको छ । सकेसम्म छिटो बिधीबाट लोन प्रबाह गर्ने जानकारी ग्लोबल आइएमई बैंकका डेपुटी चिफ एक्जुकेटिभ अफिसर जनक शर्मा पौडेलले जानकारी दिए ।

कम्पनीले संचारकर्मीहरुको लागि उक्त फोन ४२ हजार रुपैंयामा नै उपलब्ध गराउने जानकारी दियो । फोन किस्ताबन्दीमा खरिद गर्न न्यूनतम २० हजार रुपैंया नगद भुक्तानी गर्नुपर्नेछ भने बाँकी २२ हजार रुपैंया बैंकको इएमआइमा भुक्तानी गर्नसकिने बताईएको छ ।  कम्पनीले यो योजनामा करिब २ सय वटा के जूम स्मार्टफोन बिक्री गर्ने योजना लिएको छ ।

आइएमसले नेपाली मार्केटमा २२ सय वटा ग्यालेक्सी के जूम स्मार्टफोन बिक्री गरिसकेको अध्यक्ष दिपक मलहोत्राले जानकारी दिए ।

easy care

प्रकाशित: १३ कार्तिक २०७१, बिहीबार