विश्वको सबैभन्दा पातलो स्मार्टफोन ‘अार फाइभ’ ओप्पोले बनायो

Technology Khabar १३ कार्तिक २०७१, बिहीबार

विश्वको सबैभन्दा पातलो स्मार्टफोन ‘अार फाइभ’ ओप्पोले बनायो

काठमाडौं, १३ कात्तिक । चीनियाँ स्मार्टफोन निर्माता कम्पनीहरुबिच सबैभन्दा पातलो स्मार्टफोन निर्माण गर्ने होड नै चलेको छ । सोहि सिलसिलाअन्तर्गत चीनियाँ स्मार्टफोन निर्माता कम्पनी ओप्पोले विश्वको सबैभन्दा पातलो स्मार्टफोन R5 बनाएको दावी गरेको छ । ओप्पोले बुधवार लन्च गरेको ‘R5’ स्मार्टफोनको मोटाई ४.४८ मिलिमीटर मात्रै रहेको छ । यस अघि चीनियाँ स्मार्टफोन जियोनीको नाममा विश्वको सबैभन्दा पातलो स्मार्टफोनको रेकर्ड रहेको थियो । जियोनीको स्मार्टफोन जियोनी इलाईफ एस ५.१ (Elife s5.1) थियो जसको मोटाई ५.१ मिलिमीटर रहेको थियो ।

तर जियोनीको भन्दा पहिले ओप्पोको आर थ्री स्मार्टफोन विश्वको सबैभन्दा पातलो स्मार्टफोन रहेको थियो जसको मोटाई ६.३ मिमी थियो । नयाँ फोनले गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाएको हो वा होइन भन्ने अहिलेसम्म कम्पनीले जानकारी दिएको छैन् ।141029-oppo-r5-officially-announced-01

यो स्मार्टफोनको फ्रेम 3D वेल्डेड एल्मूनियम अलोए म्याटेरियलद्धारा बनाईएको छ । यो स्मार्टफोनको स्क्रीन साईज ५.२ इन्चको छ भने यसको स्क्रीन रिजोल्यूशन १०८० पिक्सल (AMOLED screen of 1080p resolution) छ । कम्पनीले यो फोनमा सबैभन्दा स्तरीय गुणस्तरको स्क्रीन राखेको दाबी गरेको छ, जसमा प्रयोगकर्ताले एक्यूरेट कलर्स हेर्न सक्नेछ ।

ओप्पो आर ५ एन्ड्रोयड ४.४ किटक्याट अपरेटि९ सिष्टममा आधारित भएर संचालन हुन्छ । यसमा स्न्यापड्रयागन ६१५, १.५ गीगाहर्जको अक्टाकोर कोरटेक्स A53 प्रोसेसर राखिएको छ भने २ जीबीको र्याम पनि राखिएको छ ।Oppo-R5-head

ओप्पो R5 मा १३ मेगापिक्सलको रियर क्यामरा छ जसमा सोनीको IMX 214 सेंसर रहेको छ भने फ्रन्ट क्यामरा ५ मेगापिक्सलको राखिएको छ । यो स्मार्टफोनद्धारा एचडी क्वालिटीको भिडियो (2160p video at 30fps and [email protected]) रेकर्ड गर्न सकिने बताईएको छ ।

यो फोनमा २००० एमएएच ब्याट्री रहेको छ भने यो फोन र्यापिड चार्ज प्रविधिमा आधारीत रहेको छ ।

यो फोनमा ओप्पोले एक विशेष प्रकारको लिक्यूड मेटलद्धारा निर्माण गरिएको कूलिंग एलीमेन्ट लगाईएको छ जसले फोनको भित्रपट्टी उत्पन्न हुने गर्मीलाई स्मार्टफोनबाट बाहिर गर्न मद्धत गर्दछ ।Oppo R5 (2)

यो फोनमा टूजीदेखि एलटिइसम्मको कनेक्टिभिटी रहेको छ साथै वाइफाइ र ब्लूटूथ ४.० रहेकोछ ।

यो नयाँ स्मार्टफोनको बजार मूल्य ४९९ अमेरिकी डलर रहेको छ भने यो फोन बजारमा कहिले उपलब्ध हुन्छ भन्ने कम्पनीले जानकारी दिएको छैन् ।

प्रकाशित: १३ कार्तिक २०७१, बिहीबार

Comments are closed.

Loading...