Technology Khabar १२ कार्तिक २०७१, बुधबार
काठमाडौं ।
काठमाडौं, १२ कात्तिक । कोरियाली कम्पनी सामसुंगले नयाँ स्मार्टफोन ग्यालेक्सी नोट एज (Galaxy Note Edge) सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको फोनको लुक्स विशेष किसिमको छ । यो फोनको किनारा मोडिएको छ भने मोडिएको भागमा एप, अलर्टस् तथा अन्य आइकनहरु रहेको छ । जसको कारण यो फोन प्रयोग गर्न सजिलो हुने बताईएको छ । कम्पनीले यो फोन अघिल्लो महिना आईएफए बर्लिनमा प्रदर्शन गरेको थियो ।
यो फोन दाहिने तर्फ मोडिएको छ । यसको फाईदा यो हुन्छ की मोबाइल फोनको कभर लागेपछि पनि यसमा पटक पटक प्रयोग हुने एप, अलर्टस् तथा अन्य फंक्शनहरु हेर्न सकिन्छ ।
यो फोनको स्क्रीन ५.६ इन्चको छ भने यसको रिजोल्यूशन १४४०X२५६० पिक्सल रहेको छ । यसक्रो स्क्रीन क्यूएचडी हो भने यसमा एमोलेड डिस्प्ले रहेको छ जुन केहि समय अघि सार्वजनिक भएको ग्यालेक्सी नोट फोरमा पनि राखिएको छ । यो फोन अक्टा कोर एग्जिनस प्रोसेसरद्धारा संचालन हुन्छ । यसको चिपसेट क्वालकम स्न्यापड्रागन ८०५ रहेको छ । यो एन्ड्रोयड किटक्याट ४.४ मा आधारित छ ।
यस फोनको रियर क्यामरा १६ मेगापिक्सल छ भने फ्रन्ट क्यामरा ३.७ मेगापिक्सलको रहेको छ जुन सेल्फीको लागी उपयुक्त हुन्छ । यसमा वाइड एगंल क्यामरा छ जसको अर्पाचर f/ 1.9 रहेको छ ।
ग्यालेक्सी नोट एजको विशेषताहरु
– स्क्रीन: 5.6 इंच (1440×2560 पिक्सल) क्वाड कोर सुपर एमोलेड डिस्प्ले, किनारामा 160 कर्व एज
– प्रोसेसर: अक्टा कोर एग्जिनस प्रोसेसर
– र्याम: 3जीबी, 32 जीबी इंटरनल स्टोरेज, 64 जीबी माइक्रोस्लट
– ओएस: एड्रोयड 4.4 किटक्याट
– क्यामरा: 16 एमपी रियर, एलईडी फ्ल्याश, ओआईएस तथा अल्ट्रा एचडी भिडियो रेकर्डिंग
– फ्रंट क्यामरा: 3.7 एमपी, एफ 1.9 अपार्चर, 120 डिग्री वाइड एङ्गल लेन्स
– आकार: 8.3 मिमी, तौलः 174 ग्राम
– अन्य फीचर: इन्फ्रारेड एलईडी (स्मार्ट टीवी रिमोट)
– अन्य फीचर: एस हेल्थ 3.5, फिंगर स्क्यानर, यूवी, हर्ट मोनिटरिंग, 4जी एलटीई, वाई-फाई, ब्लूटूथ वी4.1 जीपीएस
– ब्याट्री: 3,000 एमएएच
– बजार मूल्य: लगभग १ लाख रुपैंयाँ (1,067,000 कोरियाली वन)
प्रकाशित: १२ कार्तिक २०७१, बुधबार