नोकिया ब्राण्डको अन्तिम फोन ‘नोकिया-१३०’ सार्वजनिक

Technology Khabar १२ कार्तिक २०७१, बुधबार

नोकिया ब्राण्डको अन्तिम फोन ‘नोकिया-१३०’ सार्वजनिक
Classic Tech
Nepal Telecom

काठमाडौं, १२ कात्तिक । माइक्रोसफ्ट डिभाइसेजले दुई सिमसहितको मोबाइल फोन ‘नोकिया १३०’ सार्वजनिक गरेको छ । यो फोन नोकियाको नामबाट बजारमा आउने अन्तिम फोन हो । माइक्रोसफ्टसँगको सहकार्यपछि नोकियाले यो फिचर फोन उत्पादन गरेको हो । माइक्रोसफ्टको यो पहिलो फोन हो जसलाई नोकिया अधिग्रहणपछि बजारमा ल्याउने प्रतिवद्धता गरिएको थियो ।

यो फोन राम्रो ब्याट्री ब्याकअप चाहने प्रयोगकर्ताको लागि निकै उपयुक्त हुनेछ । किनकी यो फोनको ब्याट्री निकै टिकाउ खालको रहेको छ । यो फोनलाई एक पटक चार्ज गरेपछि स्ट्याण्ड बाई मोडमा ३६ दिनसम्म प्रयोग गर्न सकिन्छ भने त्यो अवधिसम्म फोन चार्ज गर्न आवश्यक नभएको कम्पनीको दाबी छ ।nokia-130-crop

नयाँ फिचर फोनहरुमा ६ हजार गीत स्टोर गर्न सकिने कम्पनीको दाबी छ। यसमा ३२ जिबीको माइक्रो एसडी कार्ड जडान गर्न सकिने छ भने ब्लुटूथ कनेक्सन पनि राखिएको छ ।

नोकियाले ल्याएको नयाँ फोनहरुमा रंगिन डिस्प्ले राखिएको छ। नोकियाले उत्पादन गरेका हरेक फिचर फोनमा फ्ल्यासलाइट जडान गरिएको छ । यसैगरी एफएम रेडियो तथा नयाँ सुविधाका रुपमा युएसबी चार्जिङ सेवा थप गरिएको छ।

एक पटक चार्ज गरेपछि २ जी नेटवर्कमा संचालन हुने यो फोनमा १३ घण्टाको टक टाइम, ४६ घण्टाको म्युजिक प्लेब्याक तथा १६ घण्टासम्म भिडियो हेर्न सकिन्छ । कम्पनीले यो फोन सेतो, रातो र कालो तीन रंगमा ल्याएकोछ ।

भारतमा यो सेटको बजार मुल्य १ हजार ६ सय ४९ भारु तोकिएको छ भने नेपाली बजारमा यो फोन कहिले उपलब्ध हुन्छ भन्ने जानकारी छैन् । तर नेपालमा उपलब्ध भएमा यसको मुल्य दुई हजार आठ सय रुपैयाँको हाराहारीमा हुने अनुमान छ । एजेन्सीको सहयोगमा

TK Viber

प्रकाशित: १२ कार्तिक २०७१, बुधबार

Comments are closed.

Loading...