फेसबुकले ल्यायो नयाँ च्याट एप्लिकेशन ‘रुम्स्’

Technology Khabar ११ कार्तिक २०७१, मंगलवार

फेसबुकले ल्यायो नयाँ च्याट एप्लिकेशन ‘रुम्स्’

काठमाडौं, ११ कात्तिक । फेसबुकले च्याटिङलाई नयाँ अनुभव प्रदान गर्नको लागि नयाँ एप्लीकेशन लन्च गरेको छ । फेसबुकले यो नयाँ एपलाई ‘रुम्स्‘ (Rooms) नामाकरण गरेको छ । यो नयाँ च्याटिङ एपको विशेषता यो छ की यो एपको फेसबुक एप्लीकेशन या म्यासेन्जरसँग कुनै सरोकार छैन् ।

यो नयाँ एप्लीकेशन ती व्यक्तिहरुलाई विशेष मनपर्नेछ जसले याहूको च्याट रुमको प्रयोग गरिरहेका थिए । फेसबुकले यो नयाँ एप्लीकेशनलाई याहूको च्याटरुम सर्भिसको रुपमा नै विकास गरेको हो ।rooms 00

यो एप्लीकेशनमा अर्को एक विशेषता पनि छ, जसमा च्याट गर्नेले आफ्नो असली नाम बताउनु आवश्यक छैन् । प्रयोगकर्ताले अन्य कुनै नाममा पनि च्याट गर्नसक्दछ । आफ्नो फ्रेन्डलिष्टमा नभएको व्यक्तिसँगपनि यो च्याट रुममा प्रयोगकर्ताले च्याट गर्न सक्दछ ।

यसमा आफैंले च्याट रुम बनाउन सकिनेछ साथै त्यसमा अरुलाई च्याट गर्न ‘इन्भाइट’ गर्न सकिन्छ । प्रयोगकर्ताले चाहेको खण्डमा ‘इन्भाइट’ गरेको च्याट रुममा मात्रै जोडिन सक्नेछ अथावा कोहि पनि च्याटमा जोडिनसक्दछ । च्याटरुममा फोटो, भिडियो तथा टेक्स्ट म्यासेज पठाउन सकिन्छ ।

यो नयाँ एप्लीकेशन हाल आईफोनमा मात्र उपलब्ध रहेको छ भने एन्ड्रोइड प्लेटफर्ममा फेसबुक प्रयोगकर्ताहरुले रुम्स च्याट एप्लीकेशन प्रयोग गर्न केहि समय कुर्नुपर्ने हुन्छ । एजेन्सीको सहयोगमा

प्रकाशित: ११ कार्तिक २०७१, मंगलवार

Comments are closed.

Loading...