यस्तोछ फिलिप्सको ‘आई ९०८’ स्मार्टफोन

Technology Khabar ११ कार्तिक २०७१, मंगलवार

यस्तोछ फिलिप्सको ‘आई ९०८’ स्मार्टफोन

काठमाडौं ।

काठमाडौं, ११ कात्तिक । फिलिप्सले बजारमा केहि समय अगाडी सार्वजनिक गरेको ६ इन्चको ‘I928’ फ्यावलेटपछि नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले नयाँ फोन ‘I908’ को बारेमा आफ्नो वेवसाइटमार्फत जानकारी दिएको छ । यो फोन एन्ड्रोयड ४.४ किटक्याट अपरेटिङ सिष्टममा आधारित रहेको छ ।

यो फोनको स्क्रीन ५ इन्चको छ भने यो १.७ जीएचजेड अक्टा कोर मीडिया टेक (MT6592) प्रोसेसरको माध्यमले संचालन हुन्छ । यसमा रियर क्यामरा १३ मेगापिक्सलको छ भने फ्रन्ट क्यामरा ५ मेगापिक्सलको राखिएको छ । यो फोनको रियर क्यामरामा एलईडी फ्ल्याश पनि रहेको छ । यो फोनमा थ्री जी कनेक्टीभिटी रहेको छ ।1e95449241996b83dfe0493a0678e2be

यो फोन फिलिप्सको फ्याबलेट अाइ ९२८ जस्तै देखिने बताईएको छ । यसको ब्याक कभर ‘लेदर लुक’ को छ भने यो फोनको बजार मुल्य हाल तय गरिएको छैन् ।

फिलिप्स I 908 को फीचर्स
स्क्रीन- 5 इंच (1080×1920 पिक्सल), फुल एचडी
प्रोसेसर- १.७ जीएचजेड ओक्टा कोर मीडिया टेक प्रोसेसर
र्याम- २ जीबी, १६ जीबी इंटरनल स्टोरेज; ३२ जीबी माइक्रो एसडी
ओएस- ऐंड्रोयड किटक्याट
आकार- ८.८ मिमी, तौल- १५५ ग्राम
क्यामरा- १३ एमपी रियर, ५ एमपी फ्रंट, एलईडी फ्ल्याश
अन्य फीचर- थ्री जी, वाई-फाई ८०२, ब्लूटुथ ४.०. जीपीएस
ब्याट्री-३,००० एमएएच

Global Bank
easy care

प्रकाशित: ११ कार्तिक २०७१, मंगलवार