सेल्फी सौखिनहरुका लागि लाभाको Iris X5 नेपाली बजारमा

Technology Khabar १० कार्तिक २०७१, सोमबार

सेल्फी सौखिनहरुका लागि लाभाको Iris X5 नेपाली बजारमा

काठमाडौं ।

काठमाडौं, १० कात्तिक । लाभा मोबाइलको नयाँ स्मार्टफोन Iris X5 नेपाली बजारमा भित्रिएको छ । सेल्फीका सौखिनहरुको लागि कम्पनीले Iris X5 लिएर बजारमा आएको हो । सेल्फी फोटो खिच्नेहरुलाई लक्षित गरि निर्माण गरिएको यो स्मार्टफोनमा अगाडी ५ मेगापिक्सेल फ्ल्यास क्यामरा रहेको छ ।

सीजी इम्पेक्सले नेपाली बजारमा लाभाको Iris X5 भित्र्याएको हो । यो स्मार्टफोन कम्पनीले भारतमा करिब एक महिना अगाडि सार्वजनिक गरेको थियो ।

नेपाली बजारमा यसको मूल्य १७ हजार ९ सय ९९रुपैयाँ तोकिएको छ । तर भारतीय बजारमा यो फोनकाे बजार मूल्य ८ हजार ६ सय ४९ भारतीय रुपैंया रहेको छआकर्षक डिजाइन र फिचरहरुसहितको स्मार्टफोनमाएन्ड्रोइड ४.४ किटक्याट अपरेटिङ सिष्टम रहेको छ ।

एक्स फाइभमा रहेको अगाडीको क्यामेरामाएलइडी फ्ल्यास लाइट राखिएको हुँदा कम प्रकाशमा पनि उत्कृष्ट सेल्फी फोटो खिच्नसकिने कम्पनीको दाबी छ । यसको अगाडीको क्यामेराले ८४ डिग्रीको कोणमा तस्विरक्याप्चर गर्न सक्ने बताइएकोछ । यसको पछाडी ८ मेगापिक्सेल अटो फोकस क्यामेरा रहेको छ ।

यो स्मार्टफोनमा १.२ गीगाहर्ज क्वार्ड कोर प्रोसेसर, १जीबी र्‍याम, २१०० एमएएच ब्याट्री, ८ जीबी इन्टरनल मेमोरी जुन एसडी कार्डद्धारा ३२ जीबीसम्म बढाउन सकिने, वाईफाई, ब्लुटुथ लगायतका सुविधाहरु रहेका छन् ।

नेपाली बजारमा लाभा मोबाइल चौधरी ग्रुप अन्तर्गतको सीजी इम्पेक्सले आयात तथा बिक्री वितरण गर्दै आएको छ ।

यो स्मार्टफोनको बारेमा यो पनि हेर्नुहोस् –

https://technologykhabar.com/lavas-selfie-smartphone-iris-x5-launch/

Sajilo Visa

प्रकाशित: १० कार्तिक २०७१, सोमबार

तपाइको प्रतिक्रिया

ताजा समाचार