कलर्सको इन्ट्रिलेभलको स्मार्टफोन ‘एक्स १८ हिरो’ बजारमा

Technology Khabar १० कार्तिक २०७१, सोमबार

कलर्सको इन्ट्रिलेभलको स्मार्टफोन ‘एक्स १८ हिरो’ बजारमा

काठमाडौं ।

काठमाडौं, १० कात्तिक । कलर्स मोबाइलको X18 Hero स्मार्टफोन नेपाली बजारमा आएको छ । नेपालका लागि कलर्स मोबाइलको आधिकारिक बिक्रेता टेलिटक प्रालिले इन्ट्रिलेभलको स्मार्टफोन नेपालमा भित्राएको हो ।

नेपालमा यसको बजार मूल्य ४ हजार ९ सय ९५ रुपैयाँ तोकिएको छ । यसमा ३.५ इञ्चको एभीजीए स्क्रीन रहेको छ । यो फोनमा २ मेगापिक्सलको रियर क्यामरा र फ्रन्टमा ०.३ भीजीए क्यामरा रहेको छ ।

यसमा स्मार्टफोनमा अडियो, भिडियो प्लेयर, १३०० एमएएच क्षमताको ब्याट्री , ड्यूल सिम, १.३गीगाहर्ज प्रोसेसर, वाईफाई, जी सेन्सर लगायतका सुविधाहरु यस  रहेको कम्पनीले जनाएकोछ ।

Global Bank
easy care

प्रकाशित: १० कार्तिक २०७१, सोमबार

ताजा समाचार