नेपाललाइफ इन्स्युरेन्सको प्रिमियम भुक्तानी प्रभुको संजालमार्फत

Technology Khabar १० कार्तिक २०७१, सोमबार

नेपाललाइफ इन्स्युरेन्सको प्रिमियम भुक्तानी प्रभुको संजालमार्फत

काठमाडौं ।

काठमाडौं, १० कात्तिक । देशैभरी रहेका सहकारी संस्थाहरुलाई एउटै छाता भित्र ल्याई रेमिट्यान्स तथा विद्युतिय माध्यमद्वारा विल भुक्तानी कारोवार गराउँदै आएको प्रभुमेनेजमेन्टले आफ्ना ग्राहकहरुलाई थप सेवा प्रदान गर्ने हेतुलेदेशैँ भरी रहेका सव एजेन्टमार्फत नेपाल लाइफ इन्स्युरेन्स को प्रिमियमभुक्तानी गर्ने व्यवस्था ल्याएको छ ।

उक्त सेवा प्रभु मेनेजमेन्टका देशै भरी छरिएर रहेका सव एजेन्ट (सहकारी संस्था) हरुबाट ग्राहकवर्गले लिन सक्नेछन् । साथै आगामी दिनहरुमा दुर्गम तथा सुगमको ग्राहकवर्गको हितको लागी थप सेवाहरु ल्याउन लागिएको कम्पनीले जनाएको छ।

यस्तै दशैँ तिहारका अवसरमा सञ्चालन गरेको प्रभु मनि ट्रान्सफर पठाउने र पाउने दुबैलाई उपहार योजना अन्तर्गत देखि थप १२ जनाले पुरस्कार पाएका छन् ।

विजेताहरु मध्ये काठमाडौं निवासी सोनी राउत, बिष्णु देवी राइ, सिराहा निवासी नीम चन्द्र यादव, ललितपुर निवासी नीराष मोक्तान, सिराहा निवासी नीनु मिया, गरी पाँच जनाले १ लाख १० हजार रुपैया बराबरको व्यक्तिगत दुर्घटना तथा मेडिकल बीमा उपहार पाएका छन भने, त्यसै गरीबारा निवासी रहिमा खातुन, काठमाडौँ निवासी सृजना रोक्का, पोखरा महेन्द्रपथ निवासी देवी बि.क. थापा, सिराहा जुगेश्वरी दास, सिराहा निवासी सशव कुमारी देवी यादवले लेमन मोवाइलको बी २०१ मोवाइल सेट प्राप्त गरेको कम्पनीले जनाएको छ ।

साथै काठमाडौं निवासी बाबुराम भट्टराईले लेमन मोवाइलको स्मार्ट फोन पी १४ को विजेता बनेका छन् । त्यसै गरी प्रभुमार्फत साउदी अरबबाट नेपाल पैसा पठाउने जुद्धबहादुर चौधरीकान्तीले एकतर्फी हवाई टिकट प्राप्त गरी विजेता भएको कम्पनीले जनाएको छ ।

easy care

प्रकाशित: १० कार्तिक २०७१, सोमबार