म्यूजिक लभरका लागि लेनोभोको Rocstar (A319) स्मार्टफोन

Technology Khabar ९ कार्तिक २०७१, आईतवार

म्यूजिक लभरका लागि लेनोभोको Rocstar (A319) स्मार्टफोन
Global IME Bank

काठमाडौं ।

काठमाडौं, ९ कात्तिक । यदि तपाईँ म्यूजिक लभर हुनुहुन्छ र म्यूजिकको लागि फोकस स्मार्टफोनको खोजीमा हुनुहुन्छ भने अब तपाईँलाई त्यो सुविधा प्राप्त हुने भएको छ । लेनोभोले म्यूजिक पारखीहरुका लागि एक खास स्मार्टफोन बजेट मूल्यमा ल्याएको छ ।

लेनोभोले विहिवार एक म्यूजिक फोकस्ड स्मार्टफोन लेनोभो रकस्टार (A319) सार्वजनिक गरेको छ । यो फोन अक्टोवर २८ तारिखदेखि मात्र बिक्रीका लागि उपलब्ध हुने बताईएको छ भने कम्पनीको वेवसाइटमा यसको बजार मूल्य ९ हजार ७ सय ९२ नेपाली रुपैंया (भारतीय रुपैंयासँग परिवर्तित) तोकिएको छ ।

यो फोनको विशेषताहरु:

लेनोभो रकस्टारमा गुभेराको प्री लोडेड म्यूजिक एपको सुविधा रहेको छ जसमा १ करोड गितहरुको एक लाइब्रेरी पनि दिईएको छ ।

यो फोनमा डल्बी डिजिटल प्लसको वेस्ट अडियो क्वालिटीका साथै सुपिरियर क्वालिटीको इयरफोन पनि दिईएको छ ।

लेनोभो रकस्टार (A319) मा ४ इन्चको स्क्रीन राखिएको छ जसमा ८००X४८० पिक्सलको रिजोलुशन रहेको छ । यो फोनले ड्यूअल सिम सपोर्ट गर्दछ भने यो एन्ड्रोइड ४.४ किटक्याटमा आधारित रहेको छ ।Lenovo-RocStar-design

यो फोनको प्रोसेसर १.३ गिगाहर्जको डुअल कोर प्रोसेसर राखिएको छ, साथमा १५०० एमएएचको ब्याट्री क्षमता रहेको छ ।

यो फोनमा ५१२ एबीको र्याम तथा ४ जीबीको इन्टरनल मेमोरी रहेको छ जसलाई माइक्रो एसडी कार्डको माध्यमबाट ३२ जीबीसम्म बढाउन सकिन्छ ।

यो फोनले जीपीआरएस, थ्रीजी, वाईफाई, जीपीएस, ब्लूटूथ ४.० तथा माइक्रो यूएसबीद्धारा कनेक्टिभिटी कायम गर्न सकिन्छ ।

लेनोभो रकस्टारमा ५ मेगापिक्सलको रियर क्यामरा रहेको छ भने फ्रन्टमा २ मेगापिक्सको क्यामरा राखिएको छ ।

यो फोनमा प्री इन्स्टल्ड एप्स जस्तै सेक्यूरिटी एप तथा शेयर इट एप पनि उपलब्ध रहेको छ ।

Sajilo Visa

प्रकाशित: ९ कार्तिक २०७१, आईतवार

तपाइको प्रतिक्रिया