विशेष प्रोसेसर युक्त एलजीको ‘G3 स्क्रीन’ स्मार्टफोन आउँदै

Technology Khabar ९ कार्तिक २०७१, आईतवार

विशेष प्रोसेसर युक्त एलजीको ‘G3 स्क्रीन’ स्मार्टफोन आउँदै
फाइल फोटोः एलजी G3 स्मार्टफोन

काठमाडौं ।

काठमाडौं, ९ कात्तिक । एप्पल र सामसुंगपछि कोरियाली कम्पनी एलजीले नयाँ स्मार्टफोन सार्वजनिक गर्ने भएको छ जसको प्रोसेसर विशेष किसिमले तयार गरिएको छ । एलजीले आफ्नो स्मार्टफोन ‘G3 स्क्रीन’ सबैभन्दा पहिले कोरियामा सार्वजनिक गर्ने तयारी गरेको छ । जसको लागि कम्पनीले विशेष किसिमको नूक्लन प्रोसेसर (Nuclun) तयार पारेको बताईएको छ । यो प्रोसेसर ओक्टा कोर प्रोसेसर हो जुन चार १.५ जीएचजेड कोर एआरएम कोर्टेक्स A-15 तथा चार १.२ जीएचजेड एआरएम कोर्टेक्स -A7 युक्त रहेको छ । यो फोन मल्टीटास्किंग क्षमतायुक्त रहेको बताईएको छ ।

एलजीको जीथ्रीमा अधिकतम २२५ एमबीपीएस गतिलाई डाउनलोड गर्ने क्षमता राख्दछ । कम्पनीले यो विशेष किसिमको प्रोसेसर युक्त फोन कोरियाली बजारमा सार्वजनिक गर्न तयार गरेको हो । यो प्रोसेसरले LTE-A Cat. 6 नेटवर्कलाई सपोर्ट गर्दछ ।

यो स्मार्टफोनको स्क्रीन ५.९ इन्चको छ जुन एन्ड्रोइड ४.४ किटक्याटमा आधारीत छ । यो फोनको रियर क्यामरा निकै शक्तिाशाली छ जुन १३ मेगापिक्सको हो । यो क्यामरामा ओआईएस प्लस तथा एलईडी फ्ल्यास पनि राखिएको छ । यो फोनको फ्रन्ट क्यामरा २.१ मेगापिक्सलको छ ।

यसमा १.३ वाटको शक्तिशाली स्पीकर रहेको छ भने यसको ब्याट्रि क्षमता ३००० एमएएचको छ । एजेन्सीको सहयोगमा

LG G3 स्क्रीनको खास विशेषताहरु

* स्क्रीन- 5.9 इंच, फुल हाई डेफिनिशन आईपीएस डिस्प्ले
* ओएस- एंड्रोयड किटक्याट
* प्रोसेसर- नूक्लन ओक्टा कोर प्रोसेसर
* र्याम- 2जीबी र्याम, 32 जीबी इंटरनल स्टोरेज, माइक्रो एसडी स्लट
* क्यामरा- 13 एमपी रियर, 2.1 फ्रंट
* आकार- 9.5 मिमी, तौल182 ग्राम
* अन्य फीचर्स- 4जी, वाई-फाई, ब्लूटूथ, जीपीएस
* ब्याट्री- 3,000 एमएएच
* रंग- सेतो तथा कालो
* मूल्य- 750 डलर (लगभग ७४,००० नेपाली रुपैंयाँ)

easy care

प्रकाशित: ९ कार्तिक २०७१, आईतवार