‘नोकिया लूमिया’ अब ‘माइक्रोसफ्ट लूमिया’ नाममा

Technology Khabar ९ कार्तिक २०७१, आईतवार

‘नोकिया लूमिया’ अब ‘माइक्रोसफ्ट लूमिया’ नाममा

काठमाडौं ।

काठमाडौं, ९ कात्तिक । सफ्टवेयर निर्माता कम्पनी माइक्रोसफ्टले लूमिया स्मार्टफोनबाट नोकियाको नाम हटाउने भएको छ । कम्पनीले शुक्रबार ‘नोकिया लूमिया’को नाम परिवर्तन गरेर ‘माइक्रोसफ्ट लूमिया’ नाम राखेको जानकारी दिएको छ ।

माइक्रोसफ्टका वरिष्ठ उपाध्यक्ष तुला रिटिलाले एक ब्लगमा भने, ‘हाम्रो विश्व र स्थानीय वेवसाइटहरु परिवर्तनको संघारबाट गुज्रिरहेका छन् साथै आउने दिनहरुमा हाम्रा सोशल च्यानलहरुका पनि एक नयाँ नाम हुनेछ । जसलाई माइक्रोसफ्ट लूमिया भनेर भनिनेछ ।’

कम्पनीले नोकिया लूमियाबाट माइक्रोसफ्ट लूमियामा परिवर्तन शुरु गरेको जनाएको छ ।

करिब ५ महिना पहिले मात्रै माइक्रोसफ्टले दूरसंचार कम्पनी नोकियाको मोबाइल उपकरण कारोबार करिब ७.५ अर्ब डलरमा अधिग्रहण गरेको थियो ।

Sajilo Visa

प्रकाशित: ९ कार्तिक २०७१, आईतवार

तपाइको प्रतिक्रिया