Technology Khabar ५ कार्तिक २०७१, बुधबार
काठमाडौं ।
काठमाडौं, ५ कात्तिक । कन्सोर्सियम पावर डेभलपर्स प्रा.लि. (सि.पि.डि) ले प्रवर्धन गर्दै निर्माण गर्न लागेको २४.१ मे.वा. जडित क्षमताको खारे खोला जलविद्युत आयोजनामा १० वाणिज्य वैंकहरुले २ अर्व ९४ करोड रुपैया कर्जा लगानीगर्ने वारे प्रवर्धक कम्पनि र वैंक विच भएको छ । यस सम्झौतामा सि.पि.डि.का अध्यक्ष ई. लाल कृष्ण केसी र माछापुच्छ्रे वैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतमद्धारा हस्ताक्षर गरिएको छ ।
माछापुच्छ्रे बैंकको नेतृत्वमा एवं नविल वैंक र एभरेष्ट वैंकको सह–नेतृत्वमा अन्य बैंकहरु ग्लोवल आई.एम.ई, नेपाल एसबीआई, नेपाल क्रेडिट एण्ड कमर्स, कुमारी बैंक, बैंक अफ काठमाण्डु, सिद्धार्थ बैंक र नेपाल बङ्गलादेश बैंकले सह वित्तियकरणमा लगानी गरेका छन् । आयोजनाको लगानी संरचनाअनुसार कुल लागत ३ अर्व ९२ करोड मध्ये ७५ प्रतिशत वैंकको र २५ प्रतिशत प्रवर्धकको लगानी रहने छ । आयोजनाको स्वलगानी सि.पि.डि.ले व्यवस्था गर्ने बताईएको छ ।
खारेखोला जलविद्युत आयोजना, दोलखा जिल्ला मार्वू तथा चंखु गा.वि.स.मा अवस्थित छ । २ मीटर अग्लो वांधवाधी प्रचलनअनुसार छाडनु पर्ने पानी नदीमा छोडी ८.४३ क्युसेक पानी (डिजाइन डिस्चार्ज) वालुवा थेग्राईए पछी करिव ४८०० मिटर लामो सुरुङ तथा ७८० मिटर लामो पेनस्टक पाईपको माध्यमद्धारा चंखु गा.बि.स. चमार भन्ने ठाउंमा रहेको सतही पावर हाउसबाट विद्युतिय उर्जा उत्पादन गरेपछि सम्पुर्ण पानी पुनःखारे खोलामा फिर्ता छोडिने छ ।
अध्ययनअनुसार आयोजनाबाट वार्षिक १३ करोड ९२ लाख २२ हजार युनिट विद्युतीय उर्जा उत्पादन हुनेछ । उक्त उत्पादीत उर्जा नेपाल विद्युत प्राधिकरणसँग भएको विद्युत खरिद विक्री सम्झौता (पि.पि.ए) अनुसार सिंगटीमा अवस्थित सव स्टेशन सम्म आयोजनाले प्रसारण लाईन निर्माण गरी त्यहाबाट राष्ट्यि प्रसारण प्रणाली मार्फत आन्तरिक खपतको लागि वितरण गरीने छ । सहवित्तियबरण सम्झौता भएको केही महिनाभित्रै आयोजनाका मुख्य संरचनाहरु निर्माण प्रारम्भ गरी ई.सं.२०१७ भित्रै विद्युत उत्पादन गरिने कम्पनिका अध्यक्ष केसीले बताए ।
संभाब्यता अध्ययन, विस्तृत आयोजना प्रतिबेदन, प्रारम्भिक बाताबरणिय परिक्षण, विस्तृत आयोजना डिजाईन जस्ता आबश्यक सम्पुर्ण अध्यनहरु सम्पन्न भएको छ । विद्युत विकास विभागले जलविद्युत विकासमा निजी क्षेत्रको सहभागिता बढाउने सरकारको नीति अन्तर्गत ई.सं २०१० मा खारे खोला लगायत विभिन्न क्षमतामा ८ जलविद्युत आयोजनाहरु प्रतिस्पर्धा मार्फत विकास गर्न निजी क्षेत्रका प्रवर्धकहरुबाट प्रस्ताव आह्रान गरेको थियो ।
तीमध्ये ६ वटा आयोजनाको लागि स्वदेशी÷बैदेशिक लगानीकर्ताबाट प्रस्तावहरु पेश भई मूल्याकंन पश्चात सक्षम ठहरिएका ६ वटा प्रवधर्कलाई सर्भेक्षण अनूमतिपत्र प्रदान गरिएको थियो । यि आयोजनाहरु “सुपर सिक्स”नामले समेत परिचित छन् । सुपरसिक्स अन्र्तगत वैंकबाट सहवित्तीयकरण सम्झौतागर्ने यो दोस्रो आयोजना हो ।
प्रकाशित: ५ कार्तिक २०७१, बुधबार