मोबाइलको मल्टि ब्राण्ड शोरूम ‘एलाइड मोवाइल हव’ सञ्चालनमा

Technology Khabar ५ कार्तिक २०७१, बुधबार

मोबाइलको मल्टि ब्राण्ड शोरूम ‘एलाइड मोवाइल हव’ सञ्चालनमा

काठमाडौं ।

काठमाडौं, ५ कात्तिक । एलाईड ट्रेड लिङ्क इन्टरनेशनलले काठमाडौं कमलादीमा आफ्नो पहिलो मल्टि ब्राण्ड शोरूम ‘एलाइड मोवाइल हव’ संचालनमा ल्याएको छ । मोवाइल हवको नेपाल चेम्वर अफकमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले एक कार्यक्रमकाबिच मंगलवार उद्घाटन गरे ।

ग्राहकलाई गुणस्तरीय र नयाँ व्राण्डका मोवाइल एकै छाना मुनी उपलब्धगराउन शोरुम सञ्चालनमा ल्याइएको कम्पनीले जनाएकोछ । हवमा कार्वन, पानासोनिक र सामसुङ्गव्राण्डका मोवाइल उपलव्ध हुने एलाईड मोवाइल हवले जानकारी दिएको छ । Hub-2

कम्पनीका प्रवन्ध निर्देशक मनिष राजभण्डारीका अनुसार स्थापना गरेको हवबाट ग्राहकलाई थप सेवा सुविधाप्रदान गर्ने लक्ष्य लिएको तथा मोवाइलको रोजाईका साथै मोवाइल सम्वधिसम्पूर्ण जानकारी दिइने छ । Hub3

उद्घाटनका अवसरमा कम्पनीले कात्तिक १७ गतेसम्म हवबाट विक्री हुने मोवाइलसेटमा विशेष छुट दिइने पनि प्रवन्ध निर्देशक राजभण्डारीले जानकारी दिए । कम्पनीले थप शाखाहरुखोली सेवा विस्त्तार गर्ने लक्ष्य समेत लिएको छ । तस्विरः प्रकाश

easy care

प्रकाशित: ५ कार्तिक २०७१, बुधबार