टेलिकमको सिमकार्डसँग सामसुङ्गका सेट वन्डलिङ्ग सेवा हरिहर भवन काउन्टरबाट पनि

Technology Khabar ५ कार्तिक २०७१, बुधबार

टेलिकमको सिमकार्डसँग सामसुङ्गका सेट वन्डलिङ्ग सेवा हरिहर भवन काउन्टरबाट पनि

काठमाडौं ।

काठमाडौं, ५ कात्तिक । नेपाल टेलिकम र नेपालस्थित सामसुङ्ग मोवाइलको आधिकारिक विक्रेता इन्टिग्रेटेड मोबिलिटी सोलुसन्स (आईएमएस) बिच नेपाल टेलिकमको सिमकार्डसँग सामसुङ्गका सेट वन्डलिङ्ग सेवा संयुक्तरुपमा दिने योजना अब नेपाल टेलिकम हरिहर भवन काउन्टरबाट पनि उपलब्ध हुने भएको छ । उक्त योजना केही समय अघि दुवै कम्पनीले संयुक्तरुपमा ल्याएका थिए । यस अघि उक्त सेवा आईएमएसका एक्सक्लुसिभ ब्राण्ड पसलहरुबाट मात्र दिईंदै आएको थियो ।

उक्त सेवाको शुभारम्भ मंगलबार एक समारोहबिच नेपाल टेलिकम, मोबाइल सेवा निर्देशनालयका निर्देशक विष्णु प्रसाद कसजु, आईएमएसका अध्यक्ष दिपक मलहोत्रा र सामसुङ्ग इलेक्ट्रोनिक्सका निर्देशक वाई. बि. वोङ्गले संयुक्त रुपमा गरे ।Samsung-2

उक्त योजनामा सामसुङ्गका सेट वन्डलिङ्ग सेवाका ५ सेट मध्ये कुनै एकको खरिदबापत नेपाल टेलिकमको सिमकार्ड निःशुल्क तथा मोबाइल सेटको मूल्यमा १० प्रतिशत छुटका साथै मोबाइल सेट मूल्यको १५ प्रतिशत बराबरको टक टाइम अथवा डाटा सेवा सित्तैमा उपलब्ध हुनेछ । सामसुङ्ग ग्यालेक्सी एस थ्रीको अधिकतम खुद्रा मूल्य रु.३९,५००/- मा रु.३,९५०/- छुट गरी रु.३५,५५०/- मा उपलब्ध हुनेछ र साथै यसमा रु.५,८८०/- बराबरको डाटा निःशुल्क पाइनेछ ।

सामसुङ्ग ग्यालेक्सी कोरको अधिकतम खुद्रा मूल्य रु.२४,२००/- मा रु.२,४२०/- छुट गरी रु.२१,७८०/- मा उपलब्ध हुनेछ र साथै यसमा रु.३,६००/- बराबरको डाटा निःशुल्क पाइनेछ । त्यसैगरी सामसुङ्ग ग्यालेक्सी ट्रेण्डको अधिकतम खुद्रा मूल्य रु.१३,६५०/- मा रु.१,३६५/- छुट गरी रु.१२,२८५/- मा उपलब्ध हुनेछ र साथै यसमा रु.२,०४०/- बराबरको डाटा निःशुल्क उपलब्ध हुनेछ ।Samsung-3

सामसुङ्ग लकोटाको अधिकतम खुद्रा मूल्य रु.५,७००/- मा रु.५७०/- छुट गरी रु.५,१३०/- मा उपलब्ध हुनेछ र साथै यसमा रु.८२५/- बराबरको टकटाईम सेवा निःशुल्क पाइनेछ । सामसुङ्ग ग्यालेक्सी गुरुको अधिकतम खुद्रा मूल्य रु.२,२६०/- मा रु.२२६/- छुट गरी रु.२,०३४/- मा उपलब्ध हुनेछ र साथै यसमा रु.३३८/- बराबरको टकटाईम सेवा निःशुल्क उपलब्ध हुनेछ । यी सबै सेवाहरु अब नेपाल टेलिकम, हरिहर भवन काउन्टरबाट पनि उपलब्ध हुने कम्पनीले प्रेस विज्ञप्तिमा उल्लेख छ ।

Global Bank
easy care

प्रकाशित: ५ कार्तिक २०७१, बुधबार

ताजा समाचार