Technology Khabar ४ कार्तिक २०७१, मंगलवार
काठमाडौं ।
काठमाडौँ, ४ कात्तिक । डिसहोमको “स्वर्ण उत्सव”को पाँचौ र छैठौं विजेताले १० तोलाको सुन पुरस्कार प्राप्त गरेका छन् । कान्तिपुर टेलिभिजनको कल कान्तिपुर कार्यक्रममा भएको लक्की ड्रबाट झापा निवासी बाल कुमार गिरी र रुपन्देहि निवासी दिपेन्द्र खाती यस योजनाको पाँचौ र छैठौं विजेता घोषित भएका थिए । उनिहरुले यस योजना बमोजिम १० तोला सुन प्राप्त गरेका हुन् । उनिहरुलाई सो पुरस्कार डिसहोमका ब्राण्ड मार्केटिङका सहायक प्रबन्धक मनोज न्यौपाने प्रदान गरेका थिए ।
यस योजना अन्तर्गत ग्राहकहरुलाई दुईवटा पुरस्कारहरु दिइने छ । भदौ ९ गतेदेखि सुरु भएर कार्तिक मसान्तसम्म डिस होमको कनेक्सन लिने ग्राहकहरुलाई डिसहोमको तर्फबाट चाँदीको सिक्का प्रदान गरिनेछ । यसका साथै हरेक हप्ताहुने लक्की ड्रबाट एक भाग्यशाली विजेतालाई १० तोला सुन पुरस्कार स्वरुप प्रदान गरिने छ ।
यो योजना अन्तर्गत ७ हप्तासम्म कान्तिपुर टेलिभिजनको कल कान्तिपुर कार्यक्रममा लक्की ड्र मार्फत विजेताहरु घोषणा गरिनेछन् । देशभरि गरेर डिसहोम नेपालको ८०० वटा डिलर र २००० सेवा केन्द्रहरु रहेका छन् । यो योजना भदौ ९ गतेदेखि सुरु भएर कार्तिक मसान्तसम्ममा समाप्त हुनेछ ।
प्रकाशित: ४ कार्तिक २०७१, मंगलवार