लाभाको सस्तो ट्याबलेट एक्सट्रोन Z704

Technology Khabar ४ कार्तिक २०७१, मंगलवार

लाभाको सस्तो ट्याबलेट एक्सट्रोन Z704

काठमाडौं ।

काठमाडौं, ४ कात्तिक । भारतिय स्मार्टफोन निर्माता कम्पनी लाभाले एन्ड्रोयडमा आधारित सस्तो एक नयाँ ट्याबलेट बजारमा ल्याएको छ । लाभाले एक्सट्रोन Z704 माेडलको ट्याब बजारमा ल्याएकोछ, जसको टच स्क्रीन डिस्प्ले ७ इन्चको छ । यो १.३ जीएचजेड क्वाडकोर मीडिया टेक प्रोसेसरयुक्त रहेको छ ।

यसको रियर क्यामरा २ मेगापिक्सलको छ भने फ्रन्ट क्यामरा ०.३ मेगापिक्सलको छ ।

यसको र्याम १ जीबीको छ भने इन्टरनल स्टोरेज १६ जीबीको छ । यो ट्याबको ब्याट्रि निकै ससक्त रहेको छ जुन ४००० एमएएचको छ । यसमा फोन गर्नको लागी भने कुनै सुविधा छैन् । lava-Xtron-Z704

लाभा एक्सट्रोन Z704 को विशेषता

* स्क्रीनः ७ इंच (१०२४x६००पिक्सल) क्यापासिटिव टच डिस्प्ले
* प्रोसेसरः १.३जीएचजेड क्वाड कोर मीडियाटेक ८१२७
* र्यामः १ जीबी, १६ जीबी इंटरनल स्टोरेज, ३२जीबी एक्सटरनल कार्ड
* ओएसः एन्ड्रोयड ४.४ (किटक्याट)
* क्यामराः २ एमपी रियर, ०.३ फ्रंट भीजीए
* मोटाईः १०.७ मिमी, तौल-३२०ग्राम
* अडियोः ३.५ अडियो ज्याक
* अन्य फीचर्सः २जी एज, वाई-फाई ८०२.११, ब्लूटूथ ४.०, एचडीएमआई, जीपीएस
* ब्याट्रीः ४,००० एमएएच
* रंगः सेतो
* मूल्यः ६,४९९ भारतीय रुपैंयाँ

Sajilo Visa

प्रकाशित: ४ कार्तिक २०७१, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार