३० लाख बढिको कारोबार गर्दै सकियो गोदाबरी मेला, २५ हजार बढिले गरे अबलोकन

Technology Khabar ३ कार्तिक २०७१, सोमबार

३० लाख बढिको कारोबार गर्दै सकियो गोदाबरी मेला, २५ हजार बढिले गरे अबलोकन

काठमाडौं ।

काठमाडौं, ३ कात्तिक । ललितपुरको जाबलाखेलमा सम्पन्न आठौं प्रतियोगितात्मक गोदाबरी मेलामा  ३० लाख रुपैयाँभन्दा बढिको कारोबार भएको छ । मेलाको अन्तिम दिन ब्यबसायीले बिभिन्न फूल तथा प्लान्टहरु छुटमा उपलब्ध गराउने भनेर अबलोकनकर्ताको बाक्लो उपस्थिती रहेको यस मेलामा गतबर्षको तुलनामो ब्यापार बढेको फ्यानका उपाध्यक्ष तथा गोदाबरी मेला संयोजक कुमार कसजुले बताए ।
गोदाबरी मेलाको इतिहाँसमा आठौं गोदाबरी मेला फ्लोरिकल्चर एशोसिएशन मुख्य आयोजक भएर गरेको पहिलो पटक भएको बताउँदै फ्यानका अध्यक्ष लोकनाथ गैरेले यो मेलाले यस अघि गरेको कारोबारको रेकर्डलाई तोडेको र गत बर्षको तुलनामा झण्डै ८ लाख रुपैयाँ बढि ब्यापार भएको बताए ।
असोज ३१ गतेबाट कार्तिक ३ गते  सम्म चलेको मेलामा अबलोकनकर्ताको चापले अर्को बर्ष गरिने मेलालाई अझ ब्यबस्थित गर्ने मेला गर्ने स्थानका बारेमा पनि सोच्नुपर्ने अबस्था आएको फ्यानका महासचिब दिलिप बादेले बताए । दर्शक तथा अबलोकनकर्ताको यो उपस्थितीले आफुहरुलाई दबाब सिर्जना भएको उनले बताए । उनले अर्को बर्ष गरिने मेलामा बिशेष ध्यान पुराउने बताउँदै फ्यानलाई मेला गर्न सँधै स्थान अभाब भएको बताए ।
मेला अबधीभर २७ हजार भन्दा धेरै फूल पारखीको उपस्थिती रहेको यो मेलामा गोदाबरी,सयपत्री, बगम्बेली, बन्साई, अर्नामेन्टल प्लान्ट र आलंकारीक बोटबिरुवाको कारोबार बढि भएको मेला संयोजक कसजुले बताए ।
“रोपेर फूल गोदावरी, सजाऔ घर आँगन वरिपरि ” भन्ने मूल नारा सहित नजिकै आइरहेको तिहार पर्वलाई लक्षित गरि आयोजना गरिएको आठौं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी को उद्देश्य मुख्यतः पुष्प व्यवसायीहरुलाई व्यवसाय प्रवद्र्धनमा हौसला प्रदान गर्ने र व्यवसायिहरु विच प्रतिस्पर्धात्मक भावनाको विकास गरी गुणस्तरिय उत्पादनमा टेवा पुर्याउनु रहेको थियो । साथै हाल पुष्प उत्पादक कृषकहरुको आफ्ना उत्पादनको बजार क्षेत्र सिमित रहेको सन्दर्भमा पुष्पप्रेमी उपभोक्ताहरुको संख्या बढाउनु र बजार विस्तार गर्न सकिन्छ भन्ने हाम्रो बिश्वास रहेको थियो । यो प्रदर्शनीले तथा व्यापार मेलाले उत्पादक र उपभोक्तालाई एकै स्थानमा मिलन गराउन मद्यत पुगेको फ्यानको दाबी छ ।
मेलाले पुष्प व्यवसायमा सलंग्न उद्यमी, व्यवसायी, व्यवसाय संचालन गर्न चाहन, घर आगन तथा बगैंचा सजाउन चाहने, फूल विरुवाप्रति अभिरुची राख्ने, यस सम्बन्धी ज्ञान हासिल गर्न चाहने सबैको निम्ति उपयोगी भएको  र पुष्प व्यवसायका क्षेत्रमा भए गरेका नयाँ नयाँ प्रविधि र उपलब्धि सहितका जानकारी पनि मेला स्थलमा ै भएका कारण यस ब्यबशायमा लगाब राख्ने सर्बसाधारण तथा ब्यबशायीलाई फाइदा पुगेको ठहर फ्यानले गरेको छ ।
मेलामा व्यवसायिक स्टल, सूचनामुलक र गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी स्टल सहित गरी जम्मा ३५ वटा प्रदर्शनी कक्ष रहका थिए । मेलामा गोदावरीे फूलको बिभिन्न प्रजातीका फूलहरुका साथै अन्य मौसमी फूल, आलंकारीक बोट बिरुवा, ड्राइफ्लावर, कम्पोष्ट मल, फूलको गानो, विउ विजन, औजार, उपकरण र विषादीका प्रदर्शनी तथा विक्री कक्ष रहेका थिए ।
मेलामा रु १५ पर्ने पिटुनिया देखि ३ लाख रुपैयाँ पर्ने फाइकस बेन्जामिनाको बन्साई  समेत राखिएको थियो । मेलाको अन्तिम दिन आउने अबलोकनकताहरु मध्ये ८० प्रतिशतले फूल किन्न आउने गरेको ब्यबसायीहरुले बताए ।
गत बर्ष भएको सातौ संस्करणको गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी अवधिभर २२ हजार अवलोकन कर्ताहरुद्वारा मेला अवलोकन भएकोमा करिब २१ लाख भन्दा बढिको कारोबार भएको थियो । यस मेलामा २५ लाख भन्दा बढिको कारोबार हुने अपेक्षा  गरिए भन्दा ५ लाख रुपैयाँ बढिको  ब्यापार भएको फ्यानले जनाएको छ  । यस पटकको मेलामा २५ हजार भन्दा बढि अबलोकनकर्ताले अबलोकन गरेका थिए भने ३० लाख रुपैयाँ भन्दा बढिको कारोबार भएको छ ।
Sajilo Visa

प्रकाशित: ३ कार्तिक २०७१, सोमबार

तपाइको प्रतिक्रिया

ताजा समाचार