Technology Khabar ३ कार्तिक २०७१, सोमबार
काठमाडौं ।
काठमाडौँ, २ कातिक । मिस नेपाल (वल्र्ड) सुबिन लिम्बु, मिस नेपाल (अर्थ) प्रिन्सा श्रेष्ठ र मिस नेपाल (इन्टर्नेशनल) सोनी राजभण्डारी आ–आफ्ना अन्तर्राष्टिय प्रतियोगीतामा भाग लिन जाँदै छन् ।
नोभेम्बर ११, २०१४ मा हुन लागेको मिस इन्टरनेशनल कार्यक्रममा भाग लिन सोनी राजभण्डारी अक्टोबर २१, २०१४मा जापानको टेकियो तर्फ जाँदै छिन् । यस्तै नोभेम्बर २९, २०१४ मा हुन लागेको मिस अर्थ कार्यक्रममा भाग लिन प्रिन्सा श्रेष्ठ अक्टोबर ३१, २०१४मा फिलिपिन्सको मनिलो तर्फ जाँदै छिन् । यस्तै डिसेम्बर १४, २०१४ मा हुन लागेको मिस वल्र्ड कार्यक्रममा भाग लिन सुबिन लिम्बु नोभेम्बर १९, २०१४मा बेलायतको लण्डन तर्फ जाँदै छिन् ।
द हिडन टे«जरले आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त जानकारी दिईएको हो । उनिहरुलाई ट्यालेन्ट/सिङगिङ्ग/डान्सिङ/कोरियोग्राफि, इन्टरनेश्नल कल्चर/पेजेन्ट ट्रेनिङ्गलगायतका विषयमा विभिन्न संस्था तथा विशेषज्ञहरुले आवश्यक तालिम तथा जानकारी प्रदान गरेका थिए ।
मिस वल्र्डको “Beauty With a Purpose” अवार्डका लागि सुबिन लिम्बु प्रथमिक विद्यालयमा विद्यार्थीहरुको शिक्षा सम्बन्धि आयोजनामा केन्द्रित रहेकी छिन् ।
यो वर्ष मिस अर्थ पेजेन्टको विषय इको–टुरिजमलाई प्रबर्दन गर्नु हो र सबै प्रतियोगीहरुले यो विषयमा आफ्नो संलग्नता भएको भिडियो क्लिप बुझाउनु पर्नेछ । यसले पेजेन्टमा उनिहरुको समग्र निर्णय गर्नमा सहयोग गर्नेछ । यस्तै उनको एक हप्ता लामो लुक्ला, नाम्चे र एभरेष्ट बेस क्याम्प समेट्ने कार्य योजना अन्तर्गत प्रिन्साले आलु उत्पादन गर्ने स्थानिय फार्मिङ समुदायहरुसंग मिलेर कार्य गरेको आयोजकले जनाएको छ ।
प्रकाशित: ३ कार्तिक २०७१, सोमबार