दुईतिर स्क्रीन भएको स्मार्टफोन यस्तो छ

Technology Khabar ३ कार्तिक २०७१, सोमबार

दुईतिर स्क्रीन भएको स्मार्टफोन यस्तो छ
Global IME Bank

काठमाडौं ।

काठमाडौं, ३ कात्तिक । ‍स्मार्टफोनको संसारमा निकै छिटो छिटो परिवर्तन हुँदैछ भने नयाँ नयाँ प्रविधिपनि आउँदैछन् । यस्तै प्रविधिको उपयोग गर्दै रुसी कम्पनी योटा डिभाइसेसले एक यस्तो स्मार्टफोन भारतीय बजारमा सार्वजनिक गरेको छ जसमा दुई वटा स्क्रीन रहेको छ । योटा फोनको मुल्य बजारमा फ्लिपकार्टमार्फत बिक्री हुँदैछ । यसलाई बनाउन नोकियाका पुराना इन्जीनियरहरुको हात रहेको बताईएको छ ।YotaPhone_Photo_4

यो १.७ जीएचजेड डुअल कोर प्रोसेसर (क्वालकम स्न्यापड्यागन ४००) युक्त छ भने यसको दुबै स्क्रीन ४.३ इन्चको छ । यसको पछाडीको स्क्रीन ग्रे छ र यो हरेक समय अन रहन्छ, तर अगाडिको मुख्य स्क्रीन आईपीएस एलसीडी १४ एम कलरयुक्त रहेको छ । अगाडिको स्क्रीनको रिजोल्युशन १२८०ह् ७२० पिक्सल हो । यो फोनको एक तर्फ लिक्विड क्रिष्टल डिल्प्ले छ भने अर्कोतर्फ इलेक्ट्रोनिक पेपर स्क्रीन छ ।

रियर स्क्रीन विशेषगरी फेशबुक, ट्वीटर इत्यादिको लागी काम लाग्दछ भने यो फोन आएको समयमा पनि संचालन हुन्छ । यसले कुराकानीको समयमा पनि यूजरलाई सबै देखाउँछ । यो फोन १४६ ग्रामको छ भने ९.९ मिलिमीटर मोटाईको छ । यसको ब्याट्रि क्षमता १८०० एमएएचको छ ।yotaphone-542e402044879_exlst

यो एन्ड्रोइड ४.२.२ मा आधारित फोन हो जसको र्याम २ जीबीको छ भने यसमा ३२ जीबीको स्टोरेज मेमोरी राखिएको छ । यसमा ४ जी, ३ जी, २ जी, वाईफाई,जीपीएस तथा ब्लूटूथ ४.० लगायतका फीचरहरु रहेका छन् । यसको रियर क्यामरा १३ मेगापिक्सलको छ भने फ्रन्ट क्यामरा १ मेगापिक्सलको छ ।

Sajilo Visa

प्रकाशित: ३ कार्तिक २०७१, सोमबार

तपाइको प्रतिक्रिया

ताजा समाचार