मुटुको धड्कन थाहा पाउने स्मार्टवाच आउँदै

Technology Khabar ३ कार्तिक २०७१, सोमबार

मुटुको धड्कन थाहा पाउने स्मार्टवाच आउँदै

काठमाडौं ।

काठमाडौं, ३ कात्तिक । स्मार्टफोन बजारमा ल्याएको केहि दिन पछि माइक्रोसफ्टले एक स्मार्टवाच पनि सार्वजनिक गर्ने तयारी गरेको छ । हालै फोब्र्स पत्रिकामा प्रकाशित एक समाचारका अनुसार आगामी केहि साताभित्र माइक्रोसफ्टले एक यस्तो स्मार्टवाच सार्वजनिक गर्न लागेको छ, जसले व्यक्तिको हार्ट बीट अर्थात मुटुको धडकनलाई ट्रयाक गर्न सक्नेछ । साथै यसले मोबाइलको जस्तो काम पनि गर्ने बताईएको छ ।

यो स्मार्टफोनको ब्याट्रि लाइफ पनि निकै राम्रो हुनेछ । जुन एक पटक चार्ज गरेपछि पुरै दुई दिनसम्म निरन्तर संचालन हुनेछ । एक सुत्रलाई उदृत गर्दै फोब्समा प्रकाशित समाचार अनुसार छुट्टीको अवसर पारेर यो स्मार्टफोन निकै छिटो बजारमा आउन लागेको छ । तर यो विषयमा माइक्रोसफ्टले केहि बोल्न भने अस्विकार गरेको समाचारमा उल्लेख छ ।

केहि दिन पहिलो एप्पलले पनि एक स्मार्टवाच सार्वजनिक गरेको थियो जसमा कम्बाइण्ड हेल्थ तथा फिटनेश ट्याकिंग सिस्टम रहेको थियो । जुन आगामी सन् २०१५ को शुरुवातमा बजारमा उपलब्ध हुने अनुमान गरिएको छ । सन् २०१३ मा सामसुंगले पनि आफ्नो स्मार्टवाच बजारमा सार्वजनिक गरेको थियो ।

Global Bank
easy care

प्रकाशित: ३ कार्तिक २०७१, सोमबार