Technology Khabar ३ कार्तिक २०७१, सोमबार
काठमाडौं ।
काठमाडौं, ३ कात्तिक । जेन मोबाइल्सले हालै फायरफक्समा आधारीत सबैभन्दा सस्तो डुअल सिम स्मार्टफोन यू १०५सार्वजनिक गरेको छ । जेनको सस्तो स्मार्टफोनमा फेसबुक, ट्वीटर तथा अन्य कयौं एप्सहरु पहिले नै राखिएको छ ।
फायरफक्स ओएस एचटीएमएल ५ मा आधारीत छ साथै यसमा सिंगल विण्डो सर्चको व्यवस्था पनि छ ।
यसको स्क्रीन ३.५ इन्चको छ भने यो १ जीएचजेड प्रोसेसर युक्त छ । यसमा २ मेगापिक्सल क्यामरा रियर तथा फ्रन्टमा एक भीजीए क्यामरा राखिएको छ । यो फोनले २ जी एज सपोर्ट गर्दछ ।
जेनको मुख्य विशेषताहरु यस्ता छन्
-स्क्रीन- 3.5 इंच (320×480 पिक्सल) एचवीजीए डिस्प्ले
-सिम- डुअल सिम
-ओएस- फायरफक्स
-प्रोसेसर- 1जीएचेजड स्प्रेडट्रन 6821 प्रोसेसर
-र्याम- 128 एमबी र्याम, 256 एमबी इंटरनल मेमोरी
-क्यामरा- 2एमपी रियर, एलईडी फ्ल्याश लाइटसहित
-अडियो- 3.5 मिमी अडियो ज्याक, एफएम रेडियो
-अन्य फीचर- 2जी (एज), वाई-फाई, ब्लूटूथ
-ब्याट्री- 1200 एमएएच
यो फोन स्पाइस वन Mi-FX 1, इंटेक्स क्लाउड FX तथा ऐल्काटेल वन टच फायर C फोनसँग प्रतिस्पर्धामा रहने अनुमान छ ।
प्रकाशित: ३ कार्तिक २०७१, सोमबार