हुवावे सय उत्कृष्ट इन्टरब्रान्ड लिष्टमा

Technology Khabar २ कार्तिक २०७१, आईतवार

हुवावे सय उत्कृष्ट इन्टरब्रान्ड लिष्टमा

काठमाडौं ।

काठमाडौं, २ कात्तिक । चिनियाँ टेलिकम्यूनिकेसन प्रविधि तथा स्मार्टफोन निर्माता कम्पनी हुवावे सय उत्कृष्ट इन्टरब्रान्ड लिष्टमा पर्न सफल भएको छ । इन्टरब्राण्ड कन्सलटेन्सीले सार्वजनिक गरेको ‘बेष्ट ग्लोबल ब्रान्ड’ रिपोर्टमा हुवावे ९४औं स्थानमा पर्न सफल भएको हो ।

चिनियाँ इतिहासमै पहिलो पटक हुवावे विश्वका उत्कृष्ट सय ब्रान्डभित्र परेको हो । ‘सन २०१४ को पहिलो क्वार्टरदेखि बिक्री बढ्दो क्रममा रहेको, हाल विश्वभरि २० प्रतिशतबजार हिस्सा रहेको र २०१४ को उत्कृष्ट विश्वव्यापी ब्राण्डहरुमा स्थान बनाउन सफल हुवावे पूर्ण गतिमा अघि बढिरहेको छ’ इन्टरब्राण्डले भनेको छ । युएसएमा आफ्नो न्यूनब्राण्ड जागरुकता भएपनि हुवावेले विश्वभरि नै आफूलाई विस्तार गर्न सफलभएको छ ।

हुवावे ४ हजार ३ सय १३ मिलियन डलर बराबरको ब्राण्ड हो, जसले आफूलाई पश्चिमी बजारमा अग्रणी ब्राण्डहरु मध्ये एकब्राण्डको रुपमा उभ्याउन सफल भएको छ । ल्याटिन अमेरिका र सेन्ट्रल एशियामापनि तीव्र रुपमा बजार अग्रणी बन्दै क्यानडामा मुख्य ब्राण्ड बन्न सफल भएको बताइएको छ ।

‘इन्टरब्राण्डबाट यो सम्मान पाएर हुवावे गौरवान्वित भएको छ’ कम्पनीका उपभोक्ता व्यवसाय समूहका प्रमुख बजारीकरण अधिकारी शाओ याङले भने ।

सन् २०१३ मा हुवावेले बढी मानिसहरुलाईपूरै संसारसँग जोड्ने कुरालाई सम्भव पार्न आफ्नो ‘मेक इट् पसिवल’ अभियानको थालनी गर्‍यो । आफ्नो ‘मेक इट् पसिवल’ अभियानलाई विश्वभरि स्थापित गर्नकालागि सन् २०१४ को सुरुवातदेखि नै हुवावेले विश्वभरि सृंखलागतरुपमा प्रवर्द्धनात्मक अभियानहरु लगेको बताएको छ ।

जसमा इटालीको एसी मिलान, जर्मनीको बोरसिया डोर्टमुण्ड, संयुक्त राज्यको आर्सनल फुटबल क्लब, फ्रान्सको प्यारिससेन्ट-जर्मेन एफ.सी. र टर्कीको गलात्सरे स्पोर्टीफ ए.एसजस्ता प्रमुख फुटबल संगठनको प्रायोजनात्मक गतिविधि समावेश छन् ।

Global Bank
easy care

प्रकाशित: २ कार्तिक २०७१, आईतवार