आईएमईको ‘विदेशमा परिवार भेट’ योजनाको बम्पर लक्कि ड्र अमेरिका थारुले जिते

Technology Khabar २ कार्तिक २०७१, आईतवार

आईएमईको ‘विदेशमा परिवार भेट’ योजनाको बम्पर लक्कि ड्र अमेरिका थारुले जिते
Classic Tech
Nepal Telecom

काठमाडौं, २ कात्तिक । आईएमईले सञ्चालन गरेको ‘विदेशमा परिवार भेट’ योजनाको बम्पर लक्कि ड्र अमेरिका थारुले जितेका छन् । योजना अन्तर्गत थारुले आफ्ना परिवारका चार सदस्यलाई मलेसियामा घुमाउने अवसर प्राप्त गरेका छन् ।

मलेसियाबाट आईएमईमार्फत पैसा पठाएका थारुलाई आइतवार गरिएको लक्कि ड्रबाट बम्पर उपहार जितेका हुन् । उनले आफ्ना परिवारका चार सदस्यलाई पाँच दिन घुमाउने अवसर प्राप्त गर्ने जानकारी आईएमईले दिएको छ । उनले मलेसियाबाट ६ हजार रिंगेट अर्थात करिव १ लाख ८० हजार रुपैयाँ आइएमईबाट नेपाल पठाएका थिए ।

बिदेशबाट नेपालमा आईएमईमार्फत रकम पठाउनेले दैनिक लक्कि ड्रमा छनौट भएर स्मार्ट फोन, साप्ताहिक रुपमा गरिने लक्कि ड्रमा विजेताले आइप्याड पाएका थिए । त्यसैगरी नेपालमा भुक्तानी लिनेले दैनिक लक्कि ड्रमा छनौट भएपछि स्काइ लगेज ब्याग र साप्ताहिक लक्कि ड्रमा डिजिटल क्यामेरा पाएका थिए ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले आइएमईको दशैंमा परिवार भेट योजनामा विश्वभरबाट प्रतिक्रिया आएको बताए । उनले अझै पनि गैरकानूनी प्रक्रियाबाट नेपालमा रकम भित्रने गरेको भन्दै त्यसलाई नियन्त्रण गर्न सबैको सहयोग आवश्यक पर्ने बताए । त्यसैगरी कम्पनीका कार्यकारी अध्यक्ष चन्द्रप्रसाद ढकालले १४ वर्ष अघि सुरु गरेको आईएमईको महत्वाकांक्षी योजना अहिले पूरा हुँदै आएको बताए । फोटो साभारः बिजमाण्डु

TK Viber

प्रकाशित: २ कार्तिक २०७१, आईतवार

Comments are closed.

Loading...