गोदाबरीमेलामा अबलोकनकर्ताको भीड, दोस्रोदिन सम्ममा १७ लाख बढिको कारोबार

Technology Khabar २ कार्तिक २०७१, आईतवार

गोदाबरीमेलामा अबलोकनकर्ताको भीड, दोस्रोदिन सम्ममा १७ लाख बढिको कारोबार

काठमाडौं ।

काठमाडौं, २ कात्तिक । ललितपुरको जाबलाखेलमा जारी आठौं गोदाबरी मेलाको दोस्रोदिन सम्ममा १७ लाख रुपैयाँको कारोबार भएको छ । मेलाको पहिलो दिन ४ हजारको हाराहारीमा अबलोकनकर्ताले मेला अबलोकन गरेको र ७ लाखको कारोबार भएको र दोस्रोदिन ७ हजारको हाराहारीमा उपस्थित अबलोकनकर्ता तथा उपभोक्ताले १० लाख बढिका बिभिन्न फूल, बगम्बेली, गोदाबरी र अर्नामेन्टल प्लान्टहरु खरिद गरेको मेला संयोजक कुमार कसजु श्रेष्ठले बताए । अबलोकनकर्ताको उल्लेख्य सहभागिता रहेको यसमेलामा सोचे अनुरुप कारोबार भइरहेको संयोजक कसजुले बताए ।

गोदाबरी मेलाको इतिहाँसमा आठौं गोदाबरी मेला फ्लोरिकल्चर एशोसिएशन मुख्य आयोजक भएर गरेको पहिलो पटक भएको बताउँदै फ्यानका अध्यक्ष लोकनाथ गैरेले यो मेलाले यसअघि गरेको कारोबारको रेकर्डलाई तोड्ने दाबी गरे ।

“रोपेर फूल गोदावरी, सजाऔ घर आँगन वरिपरि ” भन्ने मूल नारा सहित नजिकै आइरहेको तिहारपर्वलाई लक्षित गरि आयोजना गरिएको आठौं गोदावरी फूलको प्रतियोगितात्मकप्रदर्शनी को उद्देश्य मुख्यतः पुष्प व्यवसायीहरुलाई व्यवसाय प्रवद्र्धनमा हौसला प्रदान गर्ने र व्यवसायिहरु विच प्रतिस्पर्धात्मक भावनाको विकास गरी गुणस्तरिय उत्पादनमा टेवा पुर्याउनु रहेकोछ । साथै हाल पुष्प उत्पादक कृषकहरुको आफ्ना उत्पादनको बजार क्षेत्र सिमित रहेको सन्दर्भमा पुष्पप्रेमी उपभोक्ताहरुको संख्या बढाउनु र बजार विस्तार गर्न सकिन्छ भन्ने हाम्रो बिश्वास रहेको छ । यस किसिमको प्रदर्शनी तथा व्यापार मेलाले यस्तो वातावरण सृजना गर्नमा मद्दत पुग्दछ ।

मेलाले पुष्प व्यवसायमा सलंग्न उद्यमी, व्यवसायी, व्यवसाय संचालन गर्न चाहने, घर आगन तथा बगैंचा सजाउन चाहने, फूल विरुवाप्रति अभिरुची राख्ने, यस सम्बन्धी ज्ञान हासिल गर्नचाहने सबैको निम्ति उपयोगी हुने विश्वास हामीले लिएका छौं । पुष्प व्यवसायका क्षेत्रमा भए गरेका नयाँ नयाँ प्रविधि र उपलब्धि सहितका जानकारीपनि मेला स्थलमा नै प्राप्त गर्न सकिने व्यवस्था रहेको छ ।

मेलामा व्यवसायिक स्टल, सूचनामुलक र गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनीस्टल सहित गरी जम्मा ३५ वटा प्रदर्शनी कक्ष रहका छन् । मेलामा गोदावरीेफूलको बिभिन्न प्रजातीका फूलहरुका साथै अन्य मौसमी फूल, आलंकारीक बोटबिरुवा, ड्राइफ्लावर, कम्पोष्ट मल, फूलको गानो, विउ विजन, औजार, उपकरण रविषादीका प्रदर्शनी तथा विक्री कक्ष रहेका छन् ।

गतबर्ष भएको सातौ संस्करणको गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी अवधिभर२२ हजार अवलोकन कर्ताहरुद्वारा मेला अवलोकन भएकोमा करिब २१ लाख भन्दाबढिको कारोबार भएको थियो । यस मेलामा २५ हजार भन्दा बढि अवलोकनकर्ताहरुले अवलोकन गर्नुका साथै २५ लाख भन्दा बढिको कारोबार हुने अपेक्षा रहेको छ ।बिगत बर्षहरुमा तीन दिनको मात्र मेला हुने गरेको उपभोक्तहरुको चाहना अनुसार ४ दिने मेला कार्यक्रम आयोजना गरिएको छ ।

Sajilo Visa

प्रकाशित: २ कार्तिक २०७१, आईतवार

तपाइको प्रतिक्रिया

ताजा समाचार