एप्पलको आइप्याड एयर २ र आइप्याड मिनी ३ सार्वजनिक

Technology Khabar ३१ आश्विन २०७१, शुक्रबार

एप्पलको आइप्याड एयर २ र आइप्याड मिनी ३ सार्वजनिक

काठमाडौं ।

काठमाडौं, ३१ असोज । एप्पल इंकले आइप्याडका दुई नयाँ भर्सन बजारमा ल्याएको छ । कम्पनीले विहिवार एक पत्रकार सम्लेनका बिच दूई नयाँ डिभाइस आइप्याड एयर २ र आइप्याड मिनी ३ सार्वजनिक गरेको हो । नयाँ पुस्ताको आइप्याडकारुपमा ब्याख्या गरिएको ‘आइप्याड एयर २’ सँगै एप्पलले आइप्याड मिनीलाई अपग्रेड गरी ‘आइप्याड मिनी ३’ पनि सार्वजनिक गरेको छ ।

एप्पलले विश्व बजारमा यो सबैभन्दा पातलो ट्याबलेट भएको दावी छ । एप्पलले सार्वजनिक गरेका दुई मोडल अघिल्ला मोडलका आईप्याड भन्दा पातलो र उच्च गतिको रहेका छन् ।Phil Schiller, Apple's Senior Vice President of Worldwide Product Marketing speaks during a presentation at Apple headquarters in Cupertino

आइप्याड एयर २ को मोटाइ ६.१ मिलिमिटर छ । यसमा टच आईडी फिंगरप्रिन्ट सेन्सरपनि राखिएको छ । कम्पनीका बजार प्रमुख फिल शिलरले टच आईडी  सेन्सर राखिएको पुष्टी गरे । यो ट्याबलेटको स्क्रीनमा एन्टी रिफ्लेक्टिङ कोडिङ पनि छ । जुनपहिलो पटक ट्याबलेटमा राखिएको हो ।

नयाँ आइपव्याडमा ए ८ एक्स प्रोसेसर छ, जुन आइफोन ६ र ६ प्लसमा पनि राखिएको छ ।

एप्पलका प्रमुख कार्यकारी अधिकारी टिम कुकले आगामी दिनमा ट्याबलेटले पर्सनल कम्प्युटरको बजार हिस्सा ओगट्ने बताए ।

एप्पलले आफ्नो सानो ट्याबलेटको श्रेणीमा आइप्याड मिनी ३ पनि ल्याएको छ । यसमा पनि फिंगरप्रिन्ट सेन्सर छ । तर, यसमा भने पुरानो प्रोसेसर अर्थात ए ७ राखिएको छ । यसको पछाडि कम रिजोल्यूशनको क्यामेरा रहेको छ ।Apple CEO Tim Cook speaks about the Apple Pay service during a presentation at Apple headquarters in Cupertino

ब्याट्री लाइफ नयाँ आइप्याड र अन्य आइप्याडका सवै भर्सनमा एकै प्रकारको रहेको छ । यदि वाईफाइमा चलाउँदा १० घण्टा र सेलुलर डाटा चलाउँदा ९ घण्टा ब्याट्री टिक्दछ ।

कम्पनीले आइप्याडको प्रि बुकिङ शुक्रबारदेखि शुरु हुने छ जसको बजार मूल्य ४९९ अमेरिकी डलर छ भने आइप्याड मिनी ३ को बजार मूल्य ३९९ अमेरिकी डलर तोकिएकोछ । नयाँ आइप्याडले अम्याजन र गुगलको ट्याबलेटसँग बजारमा प्रतिस्पर्धा गर्नुपर्नेछ ।

यसका साथै कम्पनीले नयाँ आइम्याक पनि सार्वजनिक गरेकोछ । यसमा ‘५ के रेटिना’ डिस्प्ले रहेकोछ । नयाँ आइम्याकले ‘योसेमिट’ अपरेटिङ सपोर्ट गर्दछ । नयाँ आइम्याकको मूल्य २ हजार ४ सय ९९ डलर तोकिएकोछ ।

एप्पलको तथ्यांकअनुसार कम्पनीले अप्रिलदेखि जुन महिनासम्मकोअबधिमा  कुल एक करोड ३ लाख आइप्याड विक्री भएको छ । यो बिक्रि सन् २०१३ कोतुलनामा ९ प्रतिशत कम हो ।

यही अबधिमा आइफोन र म्याक कम्प्युटरको विक्री भने बढेको छ । तर अनुसन्धान संस्था गार्टनरका अनुसार यो वर्ष ट्याबलेटको बिक्री ११ प्रतिशतले मात्र बढ्नेछ । गत वर्ष ५५ प्रतिशतको बिक्री रहेको थियो ।

एप्पलले सोमवार नयाँ इलेक्ट्रोनिक पेमेन्ट सेवापनि सार्वजनिक गर्ने जानकारी पनि दिएकोछ । एजेन्सीको साथमा /तस्विरः रोयटर्स

easy care

प्रकाशित: ३१ आश्विन २०७१, शुक्रबार