सामसुंग ग्यालेक्सी नोट ४ नेपालमा, मुल्य ८५, ९०० रुपैया मात्रै, भारतमा भन्दा ७ हजार सस्तो

Technology Khabar ३१ आश्विन २०७१, शुक्रबार

सामसुंग ग्यालेक्सी नोट ४ नेपालमा, मुल्य ८५, ९०० रुपैया मात्रै, भारतमा भन्दा ७ हजार सस्तो

काठमाडौं ।

काठमाडौं, ३१ असोज । सामसुंग मोबाइलका नेपालका लागी आधिकारीक बितरक आईएमएसले नेपालमा सामसंग ग्यालेक्सी नोट ४ भित्र्याएको छ । कम्पनीले शुक्रबार काठमाडौंमा एक विशेष कार्यक्रम आयोजना गरि उक्त फोन नेपाली बजारमा सार्वजनिक गरेको हो । कम्पनीले सामसंग ग्यालेक्सी नोट फोरकासाथै सामसंग एस गियर पनि सार्वजनिक गरेको छ ।

कार्यक्रममा आईएमएसका प्रेसिडेन्ट दिकेश मलहोत्रा, सामसंगका निर्देशक युवेम वन र पूर्व मिस नेपाल सदिक्षा श्रेष्ठले ग्यालेक्सी नोट फोर सार्वजनिक गरेका थिए ।10659334_600369200066951_8714928177759921952_n

आईएमएसले सामसंग ग्यालेक्सी नोट फोरको बजार मुल्य ८५ हजार ९ सय रुपैंया  तोकेको कार्यक्रममा जानकारी दिएको छ । यो मुल्य भारतीय बजार मुल्यको आधारमा हेर्दा करिब ७ हजार रुपैंया सस्तो हो । भारतमा यो फोनको बजार मुल्य ५८ हजार ३ सय भारतीय रुपैंया तोकिएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

नेपालमा यो फोन ३ कलरमा मात्रै उपलब्ध रहेका छन् । फ्रष्ट ह्वाइट, चारकोल ब्ल्याक र ब्रोन्ज गोल्ड रंगहरुमा नेपाली बजारमा किन्न सकिने कम्पनीले जानकारी दिएको छ ।

त्यसैगरी कम्पनीले नोट ४ १५ महिने  इएमआईमा पनि बिक्री गर्ने जानकारी दिएको छ । नोट ४ को खरिदमा ग्राहकहरुले ६ जीबी एनसेल डाटा निशुल्क पाउने बताईएको छ । सामसंगका ब्राण्डशपमा ग्राहकहरुले पुरानो स्मार्टफोनसँग नोट ४ साट्न सक्ने सुविधा पनि उपलब्ध रहेको छ ।10704013_600380750065796_7733620975952348689_n

यो फोन सामसुंगले ग्यालेक्सी नोट ४ सबैभन्दा पहिले भारतमा सार्वजनिक गरेको थियो । भारतभरीका रिटेल स्टोरमा पनि अक्टोवर १७ तारिखदेखि मात्रै ग्यालेक्सी नोट ४ उपलब्ध हुने भएको छ । यसका साथै कम्पनीले नोट ४ का साथै स्मार्टवाच गियर एस पनि सार्वजनिक गरेको थियो ।

चौथो पीढीको यो फोन अमेरिकामा १७ अक्टोबरमा सार्वजनिक गरिने छ । भारतमा यसको बजार मूल्य भारतीय रुपैयाँ ५८ हजार ३ सय तोकिएको छ भने स्मार्टवाच गियर एसको बजार मूल्य २८ हजार ९ सय भारतीय रुपैयाँ छ ।

यो हेडसेट केहि समय अघि बर्लिनको आइएफए टेक शोमा प्रदर्शन गरीएको थियो ।

सामसुंगको यो फोनमा ५.७ इन्चको स्क्रीन रहेको छ । यसमा दुई प्रोसेसर लगाएको छ, एउटा स्न्यापड्रागन २.७ क्वाडकोर प्रोसेसर तथा अर्को १.९ गिगाहर्जको इक्सनोस प्रोसेसर छ । यसका साथै यस फोनमा १६ मेगापिक्सल क्यामेरा ३‍.७ मेगापिक्सल फ्रन्ट क्यामेरा उपलब्ध छ । यो फोन चार रंगमा उपलब्ध छ भने यो फोन भारतमा अनलाइनमा खरिद गर्न पाइने छैन् ।note-4

ग्यालेक्सी नोट ४ को मूख्य विशेषतामा Wefie अर्थात वाइड सेल्फी फीचर रहेकोछ । यसको माध्यमबाट क्यामरा एंगल १२० डिग्रीसम्म बढाउन सकिन्छ । यसमा प्यानोरमा इफेक्ट जस्तो सेल्फी पनि खिच्न सकिन्छ ।

सामसुंग ग्यालेक्सी नोट ४ ले हालै बजारमा आएको आईफोन ६ र ६ प्लसलाई कडा प्रतिस्पर्धा दिने अनुमान गरीएकोछ । तस्विर साभारः सामसंग माेबाइल नेपालको फेसबुक

सामसुंग ग्यालेक्सी नोट ४ को फीचर्स-

डिस्प्ले-          5.7 इंच माबलियो २.५ डि ग्लास

रिज़ोल्यूशन-   1440 x 2560

डिस्प्ले टाइप- सुपर एमोलेड

डायमेंशन        153.5×78.6×8.5

तौल              176 ग्राम

प्रोसेसर            2.7GHZ क्वालकम स्न्यापड्रागन क्वाडकोर

र्याम                  3GB

अपरेटिंग सिस्टम  एंड्रोइड 4.4, टचविज़

मेमोरी               32GB, 128GB  सम्म बढाउन सकिने

ब्याट्री                3,220mAh

प्राइमरी क्यामरा    16 मेगापिक्सल

सेकेंड्री क्यामरा      3.7 मेगापिक्सल

मोटाई     8.5 मिमी

अन्य फीचर   4जी, एलटीई, वाई-फाई 802.11, ब्लूटुथ, जीपीएस, ग्लोनेस

easy care

प्रकाशित: ३१ आश्विन २०७१, शुक्रबार