चीनियाँ एप्पल भनिने जिओमी स्मार्टफोन अब नेपालमा पनि

Technology Khabar २९ आश्विन २०७१, बुधबार

चीनियाँ एप्पल भनिने जिओमी स्मार्टफोन अब नेपालमा पनि

काठमाडौं ।

काठमाडौं, २९ असोज । चीनियाँ स्मार्टफोन जिओमी अब नेपालमा पनि उपलब्ध हुने भएको छ । चीनीयाँ एप्पल फोन भनेर चिनिने जिओमी स्मार्टफोन नेपालमा भने मोबिल्याण्ड इलेक्ट्रोनिक प्रालिले भित्र्याउन लागेको हो । मोबिल्याण्ड इलेक्ट्रोनिकले नेपालमा उक्त कम्पनीका स्मार्टफोन र ट्याब बिक्री बितरण गर्नको लागि आधिकारीक बिक्रेताको अधिकार लिएको जानकारी दिएको छ ।

मोबिल्याण्ड इलेक्ट्रोनिकका निर्देशक सुवर्ण महर्जनले तिहारपछि लगत्तै नेपालमा जिओमीको स्मार्टफोनहरु भित्र्याउन लागेको जानकारी दिए । उनले भने, ‘नेपालमा हामीले जिओमीका उच्चतहका फोनहरु ल्याउने छौं ।’

निर्देशक महर्जनका अनुसार नेपालमा बिक्री गरिने जिओमीका स्मार्टफोनहरु र भारतीय बजारसँग कुनै सम्बन्ध हुनेछैन् ।xiaomimipad01

भारतमा जिओमी (जसलाई श्याओमी पनि भनिन्छ) स्मार्टफोनको निकै माग रहेको छ । कम्पनीले भारतमा अनलाइन इकमर्श फ्लिपकार्टमार्फत स्मार्टफोन बिक्री गरिरहेको छ । मंगलबार मात्र जिओमीले भारतमा फ्लिपकार्टमार्फत १ लाख हेटसेट बिक्री गरेको थियो । यसअघि पनि भारतमा पटक पटक गरेर करिब १ लाख सेट बिक्री भइसकेको छ ।

मोबिल्याण्डले उक्त स्मार्टफोन सिधै चीनबाट हंगकंगहुँदै ल्याउने जानकारी दिएको छ । हाल कम्पनीले जिओमीका एमआई थ्री, एमआई ट्याव, एमआई वन एस र एमआई फोर स्मार्टफोन नेपाली बजारमा ल्याउन लागेको हो ।xiaomi-xiao-mi-red-mi-hongmi-1s-snapdragon-8gb-internal-4-7-inch-scr-dialoghub-1406-18-DialogHub@2

कम्पनीले वर्षको करिब ५० करोड रुपैंयाको स्मार्टफोन बेच्ने लक्ष्य राखेको छ । चीनियाँ स्मार्टफोन कम्पनी जिओमीका स्मार्टफोनहरु नेपालमा पहिलो पटक आउन लागेको हो । नेपालमा यी स्मार्टफोनहरुको बजार मूल्य कति पर्ने भनेर कम्पनीले स्पष्ट पारेको छैन् ।

Sajilo Visa

प्रकाशित: २९ आश्विन २०७१, बुधबार

तपाइको प्रतिक्रिया

ताजा समाचार