यस्तो छ हुआवेइको Honor X1 ट्याबको फीचरहरु

Technology Khabar २८ आश्विन २०७१, मंगलवार

यस्तो छ हुआवेइको Honor X1 ट्याबको फीचरहरु

काठमाडौं ।

काठमाडौं, २८ असोज । चीनीयाँ कम्पनी हुआवेईले एक आकर्षक ट्यावलेट भारतमा सार्वजनिक गरेको छ । यो ट्याब क्वाडकोर प्रोसेसरयुक्त छ भने २ जीबी र्याम राखिएको छ । यो एन्ड्रोइड जेली बीन अपरेटि९ सिष्टममा आधारित रहेको छ साथै ४ एलटीई सपोर्ट गर्दछ ।

यो ट्याबलेटको नाम हुआवेई Honor x1 राखिएको छ । यो ट्यावको भारतमा बजार मूल्य १९ हजार ९ सय ९९ रुपैंया तोकिएको छ । कम्पनीले कम दाममा अनेकौं विशेषतासहित एप्पलको आईप्याडलाई टक्कर दिन नयाँ ट्याब ल्याएको बजार विश्लेषकहरुको अनुमान छ ।

यसको तौल २३० ग्राम छ भने यो निकै पातलो रहेको छ । यो ट्यावको स्क्रीन १९२० x १२०० पिक्सलको टचस्क्रीन रहेको छ । यसमा २ जीबी र्यामका साथै १६ जीबीको स्टोरेज रहेको छ भने ३२ जीबीको एक्सटर्नल कार्ड सपोर्ट गर्नेछ ।

यसका अन्य फीचरमा फोर जी, थ्री जी, वाइफाइ, ब्लूटूथ ४.० तथा विल्ट इन जीपीएस रहेका छन् । यसको ब्याट्री क्षमता ५००० एमएएचको छ ।

यो आकर्षक शानदार ट्याबलेट आगामी साता बिक्रीका लागि राखिने छ भने १९,९९९ रुपैंयामा बुकि९ गर्न सकिने जानकारी दिएको छ ।

यो ट्याबको रियर क्यामरा १३ मेगापिक्सलको छ भने फ्रन्ट क्यामरा ५ मेगापिक्सलको छ । यसमा लाइट, एक्सलेरोमीटर, जाइरो, म्याग्नेटिक तथा प्रोक्सिमिटी सेंसर राखिएको छ ।

easy care

प्रकाशित: २८ आश्विन २०७१, मंगलवार

ताजा समाचार