सामसुंग ग्यालेक्सी नोट ४ भारतीय बजारमा, नेपालमा अक्टोबर १६ तारिखदेखि पाइने

Technology Khabar २८ आश्विन २०७१, मंगलवार

सामसुंग ग्यालेक्सी नोट ४ भारतीय बजारमा, नेपालमा अक्टोबर १६ तारिखदेखि पाइने
Global IME Bank

काठमाडौं ।

काठमाडौं, २८ असोज । सामसुंगले ग्यालेक्सी नोट ४ सबैभन्दा पहिले भारतमा सार्वजनिक गरेकोछ । भारतभरीका रिटेल स्टोरमा भने अक्टोवर १७ तारिखदेखि मात्रै ग्यालेक्सी नोट ४ उपलब्ध हुने भएको हो । यसका साथै कुनै नयाँ फोनको सार्वजनिक गरेको निकै पछि मात्र भारतमा उपलब्ध हुने गुनासो पनि हट्ने बताईएको छ । कम्पनीले नोट ४ का साथै स्मार्टवाच गियर एस पनि सार्वजनिक गरेकोछ ।

यसअघि भारतमा अक्टोबर १० तारिखमा ग्यालेक्सी नोट ४ सार्वजनिक हुने बताईएको थियो ।

चौथो पीढीको यो फोन अमेरिकामा १७ अक्टोबर तथा बेलायतमा १० अक्टोबरमा सार्वजनिक गरिने छ, यो आधारमा हेर्दा भारतमा सामसुंगले सबैभन्दा पहिले ग्यालेक्सी नोट ४ सार्वजनिक गरेको हो । भारतमा यसको बजार मूल्य भारतीय रुपैयाँ ५८ हजार ३ सय तोकिएकोछ भने स्मार्टवाच गियर एसको बजार मूल्य २८ हजार ९ सय भारतीय रुपैयाँ छ ।

यो हेडसेट केहि समय अघि बर्लिनको आइएफए टेक शोमा प्रदर्शन गरीएको थियो ।

भारतमा चाडपर्वको सीजनमा लन्च गरिएका कारण यो फोनमा कम्पनीले शुरुवाती अफर पनि दिएकोछ । भोडाफोनको तर्फबाट २ जीबी डाटा प्रति महिनासम्म दिइएकोछ । चाडपर्वको अवसरलाई हेरेर पुरा लाभ उठाउने उदेश्यका साथ कम्पनीले उक्त फैसला लिएको हो ।

सामसुंगको यो फोनमा ५.७ इन्चको स्क्रीन रहेको छ । यसमा दुई प्रोसेसर लगाएको छ, एउटा स्न्यापड्रागन २.७ क्वाडकोर प्रोसेसर तथा अर्को १.९ गिगाहर्जको इक्सनोस प्रोसेसर छ । यसका साथै यस फोनमा १६ मेगापिक्सल क्यामेरा ३.७ मेगापिक्सल फ्रन्ट क्यामेरा उपलब्ध छ । यो फोन चार रंगमा उपलब्ध छ भने यो फोन अनलाइनमा खरिद गर्न पाइने छैन् ।

ग्यालेक्सी नोट ४ को मूख्य विशेषतामा Wefie अर्थात वाइड सेल्फी फीचर रहेकोछ । यसको माध्यमबाट क्यामरा एंगल १२० डिग्रीसम्म बढाउन सकिन्छ । यसमा प्यानोरमा इफेक्ट जस्तो सेल्फी पनि खिच्न सकिन्छ ।

सामसुंग ग्यालेक्सी नोट ४ ले हालै बजारमा आएको आईफोन ६ र ६ प्लसलाई कडा प्रतिस्पर्धा दिने अनुमान गरीएकोछ । भारतमा अाईफोन ६ र ६ प्लस अक्टोबर १७ तारिखदेखि बजारमा उपलब्ध हुुनेछ ।

नेपालमा भने यो फोन अक्टोबर १६ तारिखदेखि मात्र सार्वजनिक हुने सामसुंग मोबाइलको आधिकारीक बितरक आइएमएसले जानकारी दिएको छ । नेपालमा भने यो फोनको स्पष्ट बजार मूल्य तोकिएको छैन् । नेपालमा सामसुंग मोबाइलको आधिकारीक बितरक आइएमएसका महाप्रबन्धक संजिव मिश्रले यो फोनको मूल्य ८० हजार देखि ९० हजार रुपैंयाको बिचमा हुने जानकारी दिए । कम्पनीले हाल यो फोनको बुकिङ लिइरहेकोछ भने पहिलो २०० जना बुकिङकर्तालाई विभिन्न उपहार दिने जनाएकोछ । एजेन्सीको सहयोगमा

सामसुंग ग्यालेक्सी नोट ४ को खास फीचर्स-

डिस्प्ले-          5.7 इंच

रिज़ोल्यूशन-   1440 x 2560

डिस्प्ले टाइप- सुपर एमोलेड

डायमेंशन        153.5×78.6×8.5

तौल              176 ग्राम

प्रोसेसर            2.7GHZ क्वालकम स्न्यापड्रागन क्वाडकोर

र्याम                  3GB

अपरेटिंग सिस्टम  एंड्रोइड 4.4, टचविज़

मेमोरी               32GB, 128GB  सम्म बढाउन सकिने

ब्याट्री                3,220mAh

प्राइमरी क्यामरा    16 मेगापिक्सल

सेकेंड्री क्यामरा      3.7 मेगापिक्सल

मोटाई     8.5 मिमी

अन्य फीचर      4जी, एलटीई, वाई-फाई 802.11, ब्लूटुथ, जीपीएस, ग्लोनेस

Sajilo Visa

प्रकाशित: २८ आश्विन २०७१, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार