पाँच मिनेटमा मोबाइल फुल चार्ज गर्ने ‘पावर प्याक’ आयो

Technology Khabar २७ आश्विन २०७१, सोमबार

पाँच मिनेटमा मोबाइल फुल चार्ज गर्ने ‘पावर प्याक’ आयो

काठमाडौं ।

काठमाडौं, २७ असोज । के तपाईँ स्मार्टफोन प्रयोगकर्ता हुनुहुन्छ र छिटै ब्याट्रि सकिने समस्याबाट हैरान हुनुहुन्छ ? स्मार्टफोन चलाउनेहरुको लागि मुख्य समस्या भनेको यसको ब्याट्रि छिटो सकिनु हो । स्मार्टफोनभित्रै चलिरहने विभिन्न एप्लिकेसनहरुका कारण स्मार्टफोनको ब्याट्रि धेरै समयसम्म टिक्दैन् ।

समयमा मोबाइल चार्ज गर्न नपाउँदा कतिपय अवस्थामा मोबाइल स्विच अफ नै हुने गर्दछ भने मोबाइल बिग्रने संभावना पनि रहन्छ । तर अब तपाईँको यो समस्या समाधान हुन सक्दछ ।

अब तपाईंले पाँच मिनेट भित्रमा नै आफ्नो मोबाइल फुल चार्ज गर्न सक्नुहुनेछ । तपाईंको यो समस्या समाधान गर्न प्रोन्तो पावर प्याक विश्व बजारमा आएकोछ ।

कम्पनीले दाबी गरे अनुसार प्रोन्तो पावर प्याकले आइफोन फाइभ जस्तो फोनलाई केवल पाँच मिनेटमा फुल चार्ज गरिदिनेछ । प्रोन्तोले बजारमा दुई मोडल सार्वजनिक गरेको छ । ।

प्रोन्तो ५ मा ४५०० एमएएचको ब्याट्रि रहेको छ भने प्रोन्तो १२ मा १३५०० एमएएचको ब्याट्रि राखिएको छ । प्रोन्तो ५ लाई एक पटक चार्ज गरेपछि यसले तीन पटक आईफोन ५ लाई चार्ज गर्न सक्दछ भने प्रोन्तो १२ ले आईफोन ५ लाई ९ पटक चार्ज गर्न सक्ने बताईएको छ ।

यसको दुबै मोडलका पावर प्याकलाई एक घण्टामा नै चार्ज गर्न सकिनेछ । प्रोन्तोको बाहिरी हिस्सा हार्ड एनोडाइज्ड एल्युमिनियमले तयार पारिएको छ ।

प्रोन्तो ५ मा हाई पावर २.४ यूएसबी पोर्ट छ भने प्रोन्तो १२ मा डुअल हाई पावर २.४ यूएसबी पोर्ट छ । यसमा १२ भोल्टको एडप्टर पनि छ, जसको माध्यमले ल्यापटप, ट्याबलेट तथा डीएसएलआर क्यामरा लगायतका डिभाइस पनि चार्ज गर्न सकिन्छ ।Pronto-Fast-charge-Battery-by-Power-Practical-image-2-630x315

प्रोन्तो एक किकस्टार्टर प्रोजेक्ट हो । यस प्रोजेक्टलाई अगाडि बढाउन कम्पनीलाई ५० हजार अमेरिकी डलर आवश्यक पर्नेथियो तर कम्पनीलाई २ लाख डलर भन्दा अधिक प्राप्त भइसकेको छ ।

कम्पनीले प्रोन्तोलाई विभिन्न देशहरुमा परिक्षण पनि गरिसकेको छ । कम्पनीले प्रोन्तो ५ लाई बजारमा ९९ अमेरिकी डलरमा बिक्री गर्नेछ । तर किकस्टार्टर प्रोजेक्टका लागि ६९ डलर मात्र मूल्य तोकिएको छ । त्यसैगरी प्रोन्तो १२ लाई बजारमा १४९ डलरमा बिक्री गरिनेछ तर किकस्टार्टर प्रोजेक्टका लागि ९९ डलर मात्र मूल्य राखिएको गिगाअम डटकमले जनाएको छ ।

यसले नेपालजस्तो लोडसेडि९बाट आक्रान्त भएका र समयमा मोबाइल चार्ज गर्न नसक्ने व्यक्तिहरुलाई निकै सहयोग गर्ने अनुमान गरिएको छ । एजेन्सीको सहयोगमा

easy care

प्रकाशित: २७ आश्विन २०७१, सोमबार