स्नापच्याटबाट लाखौं तस्विर तथा भिडियोहरु ह्याक

Technology Khabar २७ आश्विन २०७१, सोमबार

स्नापच्याटबाट लाखौं तस्विर तथा भिडियोहरु ह्याक
Classic Tech

काठमाडौं, २७ असोज । निःशुल्क फोटो तथा भिडियो मेसेज पठाउन मिल्ने मोबाइल एप्लिकेसन स्नापच्याटबाट लाखौं तस्विर तथा भिडियोहरु ह्याक भएका छन् । स्नापच्याट प्रयोगकर्ताहरुको करिब १ लाख स्नापच्याट फोटो तथा भिडियो भएको एउटा फाइल अनलाइन पोस्ट गरिएको छ जसलाई ‘दि स्नापेनिङ’ नाम दिइएको छ । यो केही समय अघि ह्याक भएको आईक्लाउड भन्दा निकै ठूलो घटना भएको विजनेश इनसाईडर ब्लग साइटले जनाएकोछ ।

स्नापच्याटले भने तेस्रोपक्षले कम्पनीको लागी तयार पारेको एपद्वारा उक्त फोटोहरु ह्याक भएको आरोप लगाएकोछ । तेस्रोपक्षले कम्पनीको लागी तयार पारेको एपले वर्षौदेखि उक्त फोटो तथा भिडियोहरु ह्याक गरीरहेको बताइएकोछ जुन प्रयोगकर्ताहरुले भने डिलिट भएको अनुमान गर्दथे । उक्त एपले करिब १३ जीबी बराबरको डाटा स्नापच्याटको लाइव्रेरीबाट ह्याक गरेको बताइएकोछ ।snapchat

उक्त फायलहरु भाइरलपप डटकममा अपलोड गरीएका थिए जुन अहिले भने अफलाइन भएकोछ । उक्त साइटले प्रयोगकर्ताको कम्प्यूटरमा मालवेयर पठाउने गर्दछ ।

यसरी पोस्ट गरिएका तस्विरमा विशेष गरेर किशोर–किशोरीका आपत्तिजनक तस्विरहरु रहेका छन् । केही समयअघि मात्र विश्वका चर्चित सेलिब्रेटीहरुको मोबाइलमा रहेको आइक्लाउडबाट तस्विरहरु ह्याक गरेर सार्वजनिक भएपछि निकै ठूलो चर्चा भएको थियो ।

स्नापच्याटका ५० प्रतिशत प्रयोगकर्ताहरु १३ देखि १७वर्ष उमेरका छन् । अधिकारीहरुले यसमा चाइल्ड पोर्नोग्राफी हुनसक्ने आशंका व्यक्त गरेका छन् । धेरै किशोर किशोरीहरुले स्नापच्याटबाट आफ्ना नग्न तस्विरहरु एकअर्कालाई पठाउने गरेका छन् ।

स्नापच्याटमा प्रयोग हुने स्नापसेभ्ड डटकमबाट ती तस्विरहरु ह्याक गरिएका हुन् । स्नापच्याटले उक्त वेभसाइटको वेभ सर्भरमा फाइल स्टोर गरेर एक अर्कामा आदान प्रदान गर्ने गर्छ । त्यहाँ रहेका फाइल केही समयमा आफै नष्ट हुनेगर्छ।

उता कम्पनीले भने इमेलमार्फत विज्ञप्ति जारी गर्दै   स्नापच्याटको सर्भर वा लिंकबाट उक्त ह्याक नभएको बताएकोछ ।

प्रकाशित: २७ आश्विन २०७१, सोमबार

Comments are closed.

Loading...