एप बनाउनुस र २ लाख ५० हजार डलर जित्नुहोस् !

Technology Khabar २६ आश्विन २०७१, आईतवार

एप बनाउनुस र २ लाख ५० हजार डलर जित्नुहोस् !

काठमाडौं ।

काठमाडौं, २६ असोज । फेसबुकले हरेक ग्रामिण क्षेत्रलाई इन्टरनेट र सूचना प्रविधिमा जोड्ने उदेश्यका साथ एप च्यालेन्ज शुरु गरेको छ । विशेषगरी भारतीय ग्रामिण इलाकामा सूचना प्रविधिको विकास गर्ने र सहजरुपमा पहुँच पुर्याउने उदेश्यका साथ नयाँ प्रतिस्पर्धा शुरु गरेको हो ।

इन्टरनेट डट ओआरजी प्रोजेक्टअन्तरगत इन्टरनेट डट ओआरजी प्रतिस्पर्धा शुरु गरिएको छ । यो प्रतिस्पर्धाको मातहतमा ती व्यक्तिहरुको पहिचान गरिनेछ जुन समाजमा महिला, विद्यार्थी, किसान तथा मजदूरहरुसम्म पुग्नेछन् ।

यो इन्टरनेट च्यालेन्जको लक्ष्य ती प्रतिभाहरुलाई नयाँ एप, वेबसाइट, तथा अनलाइन सेवा डेभलप गर्नको लागि अझ प्रोत्साहित गर्नु हो ।

यदी तपाँईले यो प्रतिस्पर्धाको आधारमा एक वेबसाइट, अनलाइन सभिस वा एप बनाउनुभयो भने तपाँईलाई २ लाख ५० हजार डलरको पुरस्कार दिइनेछ । यो वेबसाइट या एपलाई चार क्याटोगरीमा विभाजन गरि निर्णय गरिनेछ । यो क्याटोगरीमा महिला, विद्यार्थी, किसान र मजदूर वर्ग रहेको छ । यस अन्तरगत बनाईएको एप, वेबसाइट वा अनलाइन सर्भिस यी क्षेत्रमा कत्तिको सहयोगी सावित हुन्छ त्यसैको आधारमा छनौट गरिने बताईएको छ ।

यदि तपाईँले निर्माण गर्नुभएको एप उल्लेखित आधारमा खरो उत्रिएमा यसले तपाईँलाई २ लाख ५० हजार डलरको पुरस्कार दिलाउनेछ । साथै फेसबुकको तर्फबाट FBStart कार्यक्रमअन्तरगत ६० हजार डलरको प्याकेज पनि दिइने छ ।internet-org-app

प्रतिस्पर्धामा कसरी सहभागी हुने ?

आफ्नो पुरा नाम, मेलिंग ठेगाना, फोन नम्बर, ग्रुप, संस्थाको नाम जसले एप वा वेबसाइट डेभलप गर्दैछ । यदि तपाँई एक समूहको जस्तै काम गरिरहनुभएको छ भने हरेक समूह सदस्यको फोन नम्बर दिनुपर्नेछ ।

प्रोजेक्टको पुरा जानकारी जसमा टीमको पृष्ठभूमी, प्रोजेक्टको मोटिभ टारगेट अडियन्स तथा  तपाईँको प्लानको भाषा सपोर्टको पुरा जानकारी हुनुपर्नेछ । आफ्नो प्रोजेक्टको स्क्रीन शट तस्विर पनि पठाउन सक्नुहुनेछ । प्रोजेक्ट विस्तृतमा २ हजार शब्दभन्दा बढिको हुनुहुँदैन् । यसलाई तपाईँ  मेलको बडिमा लेखेर वा लिंक बनाएर पनि पठाउन सक्नुहुनेछ ।

एप इन्स्टलेशन तथा यूड फाइललाई एक अट्याचमेन्ट फाइलको माध्यमबाट पठाउनुपर्नेछ साथै इन्स्टल गर्ने तरिका पनि जानकारी दिनुपर्नेछ ।

तपाँई आफ्नो प्रोजेक्टको भिडियो फाइल बनाएर पनि पठाउन सक्नुहुनेछ, जुन ५ मिनेटभन्दा लामो हुनुहुँदैन् । साथै यसको लिंक पनि साथै पठाउनुपर्नेछ ।
यदि तपाईँ यो एप, वेबसाइट वा अनलाइन सर्भिस डेभलप गर्न इच्छुक हुनुहुन्छ भने पुरा डिटेल यो इमेल ठेगाना [email protected] मा पठाउन सक्नुहुनेछ । यसकोलागी जनवरी १५, २०१५सम्मको अन्तिम मिति तोकिएकोछ ।

easy care

प्रकाशित: २६ आश्विन २०७१, आईतवार

ताजा समाचार