गोमा एयरको हवाइ सेवा अब लुुक्ला र जोमसोममा पनि

Technology Khabar २६ आश्विन २०७१, आईतवार

गोमा एयरको हवाइ सेवा अब लुुक्ला र जोमसोममा पनि

काठमाडौं ।

काठमाडौं, २६असोज । गोमा एयरले अब लुुक्ला र जोमसोममा उडान सेवा सुुरु गर्ने भएको छ । असोज २५ मा १९ सिट क्षमताको LET410 UVP-E20 नयाँ जहाज फ्याक्ट्रीबाटै नेपाल ल्याएपछि गोमा एयरले यो घोषणा गरेको हो । कलसाइन 9N-AKY रहेको यो जहाजले नागरिक उड्ययनका बाँकी प्रक्रिया पूूरा गरेपछि केही दिनमै सेवा सुरु गर्नेछ ।

गोमा एयरले दुुई वटा सेस्ना ग्रान्ड काराभान जहाजबाट जुुम्ला, सिमिकोट, डोल्पा, बाजुुरा, रारालाई हवाइ उडानमार्फत सुुर्खेत र नेपालगन्जसँग जोडिरहेको छ ।

गोमा एयर यही अवसरमा अर्को १९ सिट क्षमताकोLET410 जहाज खरीद गर्नेसमेत घोषणा पनि गरेकोछ । यो जहाज पनि २०१४ भित्रै आउने जानकारी दिएकोछ ।

पत्रकार सम्मेलनमा बोल्दै गोमा एयर प्रालिका प्रबन्ध निर्देशक मनोज कार्कीले भने, ‘हामी व्यापारिक क्षेत्रबाट प्राप्त प्रतिक्रियाबाट उत्साहित भएका छौं र थप विश्वसनीय सेवा प्रदान गर्न हामी अर्को एउटा LET410 जहाज छोटो समयमै ल्याउने छ । हामीलाई विश्वास छ, उहाँहरू पनि हामी जसरी नै जहाजले व्यापारिक उडान भर्ने समय पर्खिरहेकाछाै ।’

गोमा एयर LET410 UVP-E20 जहाज खरिद गर्ने दक्षिण एसिया क्षेत्रमा नै पहिलो हो । जसले यो क्षेत्रमा नै यस जहाजबारे जिज्ञासा र रुची बढेको पाइएको छ । जहाजको निर्माता एयरव्रmाफ्ट इन्डस्ट्रिज अफ चेक रिपब्लिकले गोामा एयरलाई यो जहाज फेब्रुुअरी २०१५ मा भारतमा हुने ‘एयर शो’मा पठाउन पनि आग्रह गरेको छ ।

यही जहाज आगामी नोभेम्बर वा डिसेम्बरमा भुुटानसमेत लगिने छ । यो LET410 जहाज खरिदसँगै गोमा एयरले नेपाली उड्ययन क्षेत्रमा नयाँ सुरुवातसमेत गरेको छ । नेपालका छोटा धावनमार्ग भएका विमानास्थलहरूमा सञ्चालन गर्न पछिल्लो चार दशकमा बिल्कुलै नयाँ मल्टी इन्जिन टर्बोप्रप जहाज खरिद गरिएको यो पहिलो हो ।

‘युरोपेली युुनियनको सहमतिसहित चेक एक्सपोर्ट बैंकले यो परियोजनामा लगानी गरिरहेको जानकारी गराउन पाउँदा हामी रोमान्चित छौं । यो पनि नेपालमा पहिलोपटक नै हो,’ प्रबन्ध निर्देशक कार्कीले भने, ‘युुरोपेली युनियनले नेपालमा उड्ने जहाजमा लगानी गर्न अनुुमति दिनुुले युुरोपेली युुनियनको पछिल्लो एड्भाइजरी आएको सन्दर्भमा सकारात्मक सन्देश हो ।’

नेपाली दर्ता प्राप्त गर्न, चेक रिपब्लिकमा निर्मित यस्तै (prototype) जहाजले पोखरा–जोमसोम रुटमा २०७० मंसिर २२ गते र काठमाडौं–लुुक्ला रुटमा २०७० मंसिर २५ गते सफल परिक्षण उडानसमेत गरेको थियो । यी रुटहरूलाई नेपालका कठिन रुटका रूपमा मानिन्छ ।

इसा (EASA – European Aviation Safety Agency)  द्वारा प्रमाणित LET410 UVP-E20  विमान अहिले विश्वका ५० भन्दा बढी मुलुकमा सञ्चालनमा छन् । यस्ता ३ सय ५० भन्दा विमानले विश्वका आकाशमा उडान भरिरहेका छन् ।

भिआर होल्डिङ्स नेपालमा एलइटी एयरक्राफ्ट इन्डस्ट्रिज (LET Aircraft Industries) को आधिकारिक प्रतिनिधि हो ।

Sajilo Visa

प्रकाशित: २६ आश्विन २०७१, आईतवार

तपाइको प्रतिक्रिया