Technology Khabar २४ आश्विन २०७१, शुक्रबार
काठमाडौं ।
काठमाण्डौ, २४ असोज । ताइवानको स्मार्टफोन निर्माता कंपनी HTC ले एक नया स्मार्टफोन लन्च गरेको छ, जसको नाम डिजायर EYE राखिएकोछ । यो फोन सेल्फीका शौखिनहरुलाई निकै मनपर्ने छ । किनकी यसको फ्रंटमा 13 मेगापिक्सलको क्यामरा रहेकोछ ।
यो ऐंड्रॉयड 4.4 (किटक्याट) आधारित स्मार्टफोन हो तथा यसमा 4 जी सपोर्ट पनि छ । यसको र्याम 2 जीबीको छ भने 16 जीबीको इंटरनल स्टोरेज तथा 128 जीबी एक्सटर्नल कार्ड सपोर्ट राखिएकोछ । यसको स्क्रीन 5.2 इंच को छ जसमा फुल एचडी रिजॉल्यूशन रहेकोछ ।
यो फोन वाटर एण्ड डस्ट प्रूफ फोन हो भने यसमा रियर क्यामरा 13 मेगापिक्सल अटो फोकस क्यामरा डुअल एलईडी लाइटका साथ राखिएकोछ । चाखलाग्दो विषय यो छ की यसको फ्रंटमा पनि अटो फोकस क्यामरा छ । जसले फुल हाई डेफिनिशन भिडियो रेकर्डिंग संभव बनाएकोछ ।
यो स्मार्टफोन 2.3 जीएचजेड क्वॉलकम स्न्यापड्रयागन 801 कोर प्रोसेसर युक्त छ । यसमा 4 जी को अलावा, 3 जी तथा 2 जी पनि सपोर्ट छ । यसको अन्य फीचर्समा एनएफसी, जीपीएस, ब्लूटूथ 4.0 तथा वाई-फाई रहेका छन् । यसको ब्याट्री 2400 एमएएचको हो भने 20 घंटासम्म टक टाइम दिन्छ ।
यो फोनको मोटाई 8.5 मिमी छ भने यसको तैल 154 ग्राम छ । यो म्याट व्हाइट तथा सबमरीन ब्लू रंग मा पनि उपलब्ध हुनेछ । यसमा 22 मिमी वाइड ऐंगल लेन्स छ । यो क्यामरामा कयाैं विशेषताहरु छन् जस्तै- फेस ट्र्याकिंग, स्क्रीन शेयर, स्प्लिट क्याप्चर, पेश फ्यूजन, लाइभ मेकअप, अटो सेल्फी, भ्वाइस सेल्फी, फोटो बूथ इत्यादी । अर्थात यसमा खिचिएको फोटोलाई तपाईले राम्रोसँग एडिट गर्न सक्नुहुन्छ ।
प्रकाशित: २४ आश्विन २०७१, शुक्रबार