एप्पलको आईप्याड एयर २ अक्टोवर १६ मा अाउँदै, आईप्याडमा ९.७ इन्चको स्क्रिन रहने

Technology Khabar २४ आश्विन २०७१, शुक्रबार

एप्पलको आईप्याड एयर २ अक्टोवर १६ मा अाउँदै, आईप्याडमा ९.७ इन्चको स्क्रिन रहने

काठमाडौं ।

काठमाण्डौ, २४ असोज । एप्पल ईंकले आईफोन ६ तथा आईफोन ६ प्लस सार्वजनिक गरेपछि अब आफ्नो मोस्ट अवेटेड आईप्याड सार्वजनिक गर्ने भएको छ । कम्पनीले आउन लागेको होलिडे सपिंग सिजन पारेर नयाँ आईप्याड सार्वजनिक गर्न लागेको हो ।

कम्पनीले १६ अक्टोवरमा कुपरटिनो, क्यालिफोर्नियास्थित हेडक्वाटरमा एक इभेन्ट आयोजना गर्न लगोको छ भने कम्पनीले यो इभेन्टको आधिकारीक निम्तो पनि दिन शुरु गरेको छ । यसै दिन एप्पलले आईप्याड सार्वजनिक गर्ने तयारी पुरा गरेको छ । एप्पलले पठाएको निम्तोपत्रमा ‘Its been way too long’ उल्लेख गरिएको छ ।ipadair2

यो इभेन्टमा कम्पनीले आफ्नो ब्राण्ड न्यू आईप्याडको घोषणा गर्ने बताईएको छ । रिकोड टेक साइटका अनुसार यो मेगा इभेन्टको समयमा कम्पनीले नयाँ जेनेरेशनको म्याक इन टोश सफ्टवेयर पनि सार्वजनिक गर्नसक्नेछ ।

विभिन्न खबरहरुका अनुसार एप्पल आईप्याड एयर २ गोल्ड सार्वजनिक गर्ने तयारीमा छ । समाचार साइट ब्लूमवर्गको रिपोर्टका अनुसार यो नयाँ आईप्याडको डिस्प्ले ९.७ इन्चको हुनेछ भने आईप्याड मिनी पनि सार्वजनिक गर्नेछ । साथै यस पटक कम्पनीले आफ्नो आईप्याडको गोल्डेन रियर मेटल कलरका साथ पनि सार्वजनिक गर्नेछ ।
कम्पनीले गत अक्टोबरदेखि कुनै पनि नयाँ आईप्याड ल्याएको छैन् ।

अहिले उपभोक्ताहरु ठूला स्क्रिन भएका स्मार्टफोनतिर आकर्षित भएका छन् । नयाँ आईप्याडले पनि एप्पलका पछिल्ला उत्पादन एप्पल ६ र ६ प्लसलाई पछ्याउने छ जसअन्तरगत पुरानो आईप्याडभन्दा ठूलो स्क्रिन राखिएको छ ।iPadAir-Press-02-578-80

कम्पनीले आगामी वर्ष १२.९ इन्च स्क्रिन भएको आईप्याड सार्वजनिक गर्ने योजना लिएको कम्पनीका योजनासँग जानकार व्यक्तिले बताएका छन् । नयाँ आइप्याडमा टच आइडी फिंगरप्रिन्ट सेन्सरका साथै एप्पल पे सफ्टवेयर समेत उपलब्ध हुनेछ ।

यसैबिच अघि कम्पनीले नयाँ अपरेटि९ सिष्टम आईओएस ८ लन्च गरेको थियो जसमा बग फिक्सिंग तथा ब्लूटूथसँग सम्बन्धित समस्या आएको थियो जसपछि कम्पनीले आईओएस ८.०.२ सार्वजनिक गरेको छ ।

जानकारी रहोस एप्पलले आईफोन ६ र ६ प्लस सार्वजनिक गरेपछि १ करोड भन्दा बढि सेटहरु बिक्री गरिसकेको छ ।

Global Bank
easy care

प्रकाशित: २४ आश्विन २०७१, शुक्रबार