डिसहोम “स्वर्ण उत्सव” को चौथो विजेतालाई सुन

Technology Khabar १४ आश्विन २०७१, मंगलवार

डिसहोम “स्वर्ण उत्सव” को चौथो विजेतालाई सुन
Classic Tech
Nepal Telecom

काठमाडौँ, १४ असोज । डिसहोमको “स्वर्ण उत्सव”को चौथो विजेताको घोषणागरेको छ । कान्तिपुर टेलिभिजनको कल कान्तिपुर कार्यक्रममा भएको लक्कीड्रबाट भरतपुर चितवन निवासी सिष्टता बसेल यस योजनाका चौथो विजेता घोषितभएकी थिइन् । उनले यस योजना बमोजिम १० तोला सुन प्राप्त गरेका छन् । बसेललाई सोपुरस्कार डिसहोमका ब्राण्डमार्केटिङ सहायक प्रबन्धक मनोज न्यैपानेले प्रदान गरेका थिए ।

यस योजना अन्तर्गत ग्राहकहरुलाई दुईवटा पुरस्कारहरु दिइने छ । भदौ ९गतेदेखि सुरु भएर कार्तिक मसान्तसम्म डिस होमको कनेक्सन लिने ग्राहकहरुलाईडिसहोमको तर्फबाट चाँदीको सिक्का प्रदान गरिनेछ । यसका साथै हरेक हप्ताहुने लक्की ड्रबाट एक भाग्यशाली विजेतालाई १० तोला सुन पुरस्कार स्वरुपप्रदान गरिने छ ।

यो योजना अन्तर्गत अझै ७ हप्तासम्म कान्तिपुर टेलिभिजनको कल कान्तिपुरकार्यक्रममा लक्की ड्र मार्फत विजेताहरु घोषणा गरिनेछन् । देशभरि गरेरडिसहोम नेपालको ८०० वटा डिलर र २००० सेवा केन्द्रहरु रहेका छन् । योयोजनाभदौ ९ गतेदेखि सुरु भएर कार्तिक मसान्तसम्ममा समाप्त हुनेछ ।

TK Viber

प्रकाशित: १४ आश्विन २०७१, मंगलवार

Comments are closed.

Loading...