Technology Khabar १२ आश्विन २०७१, आईतवार
काठमाडौं ।
काठमाडौं, १२ असोज । नेपाल टेलिकमले नेपालीको महत्वपूर्ण चाड दसैँ, तिहार र छठलाई केन्द्रित गरीआफ्नो सेवाअन्तर्गत विभिन्न छुट दिएको छ । टेलिकमले उपभोक्तालाई यही असोज १३ देखि २१ गते र कात्तिक ४ देखि १३ गतेसम्म विभिन्न सेवामा छुटहरु दिएको छ ।
टेलिकमले जिएसएम सेवाको जीपीआरएस तथा थ्रिजी इन्टरनेट डाटा प्रति एमबी ५० पैसामा उपलब्ध गराउने भएको छ भने सीडीएमएको इभिडियो इन्टरनेट प्रतिएमबी ४० पैसामा उपलब्ध गराउने जानकारी दिएको छ ।
टेलिकमले यस अवधिमा जीएसएम र सीडीएमए सेवामार्फत कम्पनीकै नेटवर्कभित्र हुने कलको विद्यमान महशुल दरमा १० प्रतिशत छुट उपलब्ध गराएको छ । छुटपछि ग्राहकले जीएसएम तथा सीडीएमए पोष्टपेड मोबाइलबाट प्रतिमिनेट ९० पैसा र प्रिपेड मोबाइलबाट प्रतिमिनेट एक रुपैयाँ ३५ पैसमा कल गर्न सक्नेछन् ।
जीएसएम तथा सीडीएमए सेवामार्फत कम्पनीकै नेटवर्कमा हुने एसएमएस सेवाको विद्यमान महशुल दरमा ५० प्रतिशत छुट दिइएको छ । यस अवधिमा ग्राहकले ५० पैसामा एसएमएस गर्न सक्छन् ।
पिएसटिएन/ सीफोन सेवाका ग्राहकहरुलाई न्युनतम मासिक महसुल दुईसयमा एक सय ७५ स्थानीय कल निःशुल्क उपलब्ध गराइरहेकोमा आश्विन र कार्तिक महिनामा एक सय स्थानिय कल थप गरी न्यूनतम मासिक महसुलमा कुल दुइसय ७५ कल निःशुल्क उपलब्ध गराएको छ ।
टेलिकमले जिएसएम र सिडिएमए डाटा सेवाको विद्यमान महसुल दरमा पनि छुट उपलब्ध गराएको छ । यस अनुसार जिपिआरएस र थ्रीजी सेवाको महसुल ५० पैसा प्रति एमबी र सिडिएमए इभिडियो सेवाको ४० पैसा प्रति एमबी कायम गरिएको छ ।
भोल्युम बेस्ड एडिएसएल तथा वाइम्याक्स सेवाका ग्राहकहरुलाई पनि टेलिकमले अधिकतम तीन जिबी डाटा थप गरेको छ । दशैको अवधिमा असोज १३ देखि २० गतेसम्मभ्यालिडिटी सकिनेले मात्रै सो छुटको उपयोग गर्न सक्नेछन् । थप डाटाकोभ्यालिडिटी समय २१ गतेसम्म कायम रहने टेलिकमले जनाएको छ ।
यसैगरी तिहार र छठपर्वको अवधि (कार्तिक ६ गतेदेखि कार्तिक १२ गतेसम्म) मा भ्यालिडिटी समय सकिने ग्राहकहरुलाई समेत तीन जिबी डाटा थप गरिनेछ । उक्तथप डाटाको समायावधि कात्तिक १३ गतेसम्म कायम रहनेछ ।
यही असोज १४ देखि २१ गतेभित्र अनलिमिटेड एडिएसएल र वाइम्याक्स अकाउन्टको समयावधि समाप्त हुने ग्राहकहरुको समयावधि मिति असोज २२ सम्म तथा कार्तिक ६ देखि कात्तिक १२ भित्र एडिएसएल र वाइम्याक्सको समयावधि समाप्त हुने ग्राहकहरुको समयावधि मिति १३ गतेसम्म थप गरिएको छ ।
सिडिएमए सेवाका ग्राहकहरुलाई असोज ९ देखि २१ सम्म तथा कात्तिक ४ देखि १३गतेसम्म प्रत्येक रिचार्जमा १० देखि २० प्रतिशतसम्म बोनस उपलब्ध गराएको छ ।
यसअनुसार उक्त अवधिभित्र प्रत्येक २०० रुपैयाँको रिचार्ज गर्दा २० र पाँच सय रुपैयाँको रिचार्ज गर्दा ७५ तथा एकहजार रुपैयाँको रिचार्ज गर्दा दुईसय रुपैयाँ बोनस उपलब्ध दिइने टेलिकमले जनाएको छ । सो बोनसको भ्यालिडिटी पिरियड क्रमशः १ र २ दिन कायम रहने प्रेस विज्ञप्तिमार्फत जनाएकोछ ।
प्रकाशित: १२ आश्विन २०७१, आईतवार