प्लाष्ट नेपाल २०१४ प्रदर्शनी आयोजना हुने

Technology Khabar १२ आश्विन २०७१, आईतवार

प्लाष्ट नेपाल २०१४ प्रदर्शनी आयोजना हुने

काठमाडौं ।

काठमाडौं, १२ असोज । प्लाष्ट नेपाल फाउण्डेशनले नेपाल मै पहिलो पटक प्लाष्टिक सम्बन्धी सम्पूर्ण क्षेत्रहरुलाई समेट्ने  गरि प्लाष्ट नेपाल २०१४ आयोजना हुने भएको छ । आउँदो कात्तिक २८ देखि ३० गतेसम्म काठमाण्डौको भृकुटी मण्डप प्रदर्शनी कक्षमा प्रदर्शनी आयोजना हुन लागेको हो । प्लाष्ट नेपाल फाउण्डेशनले आयोजना गर्न लागेको प्लाष्ट नेपाल २०१४ ले प्लाष्टिकका सामाग्री तथा त्यस सम्वन्धित सेवालाई प्रवद्धन गर्ने, नयाँ प्रविधिहरुको जानकारी गराउने, एवं आम सर्व साधारणमा प्लाष्टि सम्वन्धि सकारात्मक दृष्टिकोणको विकास गर्ने उद्देश्य लिएको बताईएको छ ।

१०० भन्दा बढी संघ संस्थाहरुको सहभागिता रहने उक्त प्रदर्शनीमा ६० भन्दा बढि अन्तराष्टिय र ४० भन्दा बढी राष्टिय संघ संस्थाहरुले भाग लिने भएका छन् । देश भरिका उद्योगी व्यवसायीहरुलाई एउटै थलोमा भेला गराई समग्र प्लाष्टीक उद्योगको विकासको लागि  प्लाष्ट नेपाल २०१४ एउटा साझा समन्वय विन्दु बन्न सक्ने आयोजकले विश्वास लिएको छ ।  प्रदर्शनीले नेपाली प्लाष्टिक उद्योग क्षेत्रमा रहेका प्रशस्त व्यापारिक अवसरहरुलाई उजागर गर्दै बिदेशी लगानिकर्ताहरुलाई आकर्षण गर्न सहयोग पुराउने आयोजकको ठहर छ । यसै गरी प्लाष्टिक क्षेत्रमा भएका नविनतम आविस्कार, प्रविधि विकास, मेसीनरी, कच्चा प्रदार्थ लगायत अन्य विभिन्न सम्बन्धी पक्षहरुलाई विषेश प्रस्तुतिको रुपमा प्रदशनिमा समावेश गरिने प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।

प्लाष्ट नेपाल फाउण्डेशन, समग्र प्लाष्टिक उत्पादन तथा उद्योगी व्यवसायीको सर्वाङ्गिण विकासका लागि प्लाष्टिक व्यवसायीक विकास प्रति समर्पि्रत संस्थाको रुपमा २०७० आषाढ ११ गते स्थापना भएको थियो । यसले नेपालमा उद्यमशिलता तथा प्लाष्टिक व्यापार सम्वन्धि मानसिकताको विकास गर्ने र प्रयोग भईसकेका प्लाष्टिक पदार्थ प्रशोधन गरि पुनः प्रयोगमा ल्याई वातावरण संरक्षण गर्न सकिने कुराको प्रचार एवं प्रवद्धन गर्ने लक्ष्य लिएको छ ।

प्लाष्ट नेपाल २०१४ मा प्लाष्टिक क्षेत्र संग आवद्ध विभिन्न राष्टिय तथा अन्तराष्टिय संघ सस्थाहरुको विषेश सहयोग रहने आयोजकले जानकारी दिएको छ ।

easy care

प्रकाशित: १२ आश्विन २०७१, आईतवार

ताजा समाचार