नेपाली जुत्ता घर अब नमस्ते सुपर मार्केट पूल्चोकमापनि

Technology Khabar १० आश्विन २०७१, शुक्रबार

नेपाली जुत्ता घर अब नमस्ते सुपर मार्केट पूल्चोकमापनि

काठमाडौं ।

काठमाडौं, १० असोज । नेपाली जुत्ताघरले ललितपुरको नमस्ते सुपरमार्केट, पूल्चोकमा विहिवारदेखि आफ्नो तेस्रो शाखा सञ्चालनमा ल्याएको छ । मुलुकका अधिकांश सुपरमार्केटहरुमा विदेशी ब्राण्डका जुत्ता तथा चप्पलहरुलाई प्राथमिकता दिईदै आएकोमा नमस्ते सुपरमार्केटले भने नेपाली ब्राण्डका जुत्ता तथा चप्पललाई प्राथमीकतामा राख्दै नेपाली जुत्ता घरको चेन स्टोर खोल्नलाई पहलकदमी लिएको हो ।

कम्पनीले करिव १८ महिना अघि पहिलो शाखाको रुपमा महाराजगञ्ज र करिब ६ महिना अघि दोस्रो शाखाको रुपमा ललितपुरको कुमारीपाटीमा आफ्नो सेवा शुभारम्भ गरेको थियो । नेपाली जुत्ता घर नमस्ते सुपर मार्केट शाखाको उदघाटन एक कार्यक्रमकाबिच नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले गरे ।

महासंघका उपाध्यक्ष श्रेष्ठले नेपाली छाला जुत्ता उद्योग आत्मनिर्भर उन्मुख भएकोमा खुसी व्यक्त गर्दै यसको प्रर्वद्धनमा सक्दो सहयोग गर्ने बताए । सो कार्यक्रममा कम्पनीका निर्देशक तथा छाला जुत्ता तथा वस्तु उत्पादक संघ नेपालका अध्यक्ष होमनाथ उपाध्यायले सरकारले सरकारी पोशाकमा नेपाली कपडा नै प्रयोग गर्ने निति अबलम्बन गर्न लागेको सन्दर्भमा छालाका जुत्ता पनि नेपालीनै प्रयोग गर्नुपर्ने निति पारित गर्न जोडदार माग गरे ।

नेपाली जुत्ता घरमा नेपाली बजारमा ख्यातीप्राप्त एवं ब्राण्डेड जुत्ता कम्पनीहरुको सहभागीता रहेको छ । जसमा शिखर, बि.एफ.डियर हिल, स्काई, कोशेली, क्रसरोड, लेदर विङ्गस्, टाकुरा, सफटच र शूल्याण्ड लगायतका प्रतिष्ठित ब्राण्डका जुत्ता चप्पलहरु पाईनेछन् । यस जुत्ता घरमा सबै ब्राण्डका स्पोर्टस्, क्याजुयल, पार्टी, अफिसियल, कलेज/स्कुल र लेडीज सबै बर्ग उमेर र समुहलाई हुने जुत्ता तथा चप्पलहरु बिक्रि वितरणका लागि राखिने छन् ।

नेपाली जुत्ता घरको उपत्यकामा यो समेत ४ ओटा चेन स्टोर भएको छ । उद्घाटनको अवसरमा ग्राहकलाई हरेक जोर जुत्ताको खरिदमा एकजोर मोजा र आकर्षक सू साईनर उपहार दिईने छ । यो योजना आश्विन १५ गतेसम्म मात्र लागु हुने नेपाली जुत्ताघरले जनाएको छ ।

easy care

प्रकाशित: १० आश्विन २०७१, शुक्रबार