सामसङका दुई नयाँ सोरुम संचालनमा

Technology Khabar १० आश्विन २०७१, शुक्रबार

सामसङका दुई नयाँ सोरुम संचालनमा

काठमाडौं ।

काठमाडौँ, १० असोज । सामसुङ इलेक्ट्रोनिक्सले भक्तपुर र चाबाहिलमा नयाँ शो-रुम खोलेको छ । सामसङको नेपालस्थित आधिकारिक विक्रेता हिम इलेक्ट्रोनिक्स प्रालिले चाबहिलस्थित केएल टावर र भक्तपुरको सूर्यविनायकमा नयाँ सोरुम खोलिएको जनाएको छ ।

नयाँ सोरुमहरुमा सामसङका सबै उत्पादनहरु सामसुङको एलइडी टिभी, रेफ्रिजेरेटर, वासिङ मेसिन, माइक्रोवेभ ओभन र सामसुङ कर्भ  टिभीहरु उपलब्ध छन् । यसका साथसाथै नयाँ सोरुमहरुमा सामसङको दसैँको The Big Deal अफर लागू हुने जनाइएको छ ।

The Big Deal योजनाको अवधिभरि ग्राहकहरुले सामसङको इलेक्ट्रोनिकहरुमा आकर्षक क्यास ब्याक अफरहरु पाउनेछन् । योजना अन्तर्गत ग्राहकहरुले सामसङको लेड टिभीमा रु ७,१०० देखि रु ३,१४,९९०, रेफ्रिजेरेटरमा रु २,७०० देखि रु ३१,१०० वासिङ मेसिनमा रु ३,६०० देखि रु ७,८०० र माइक्रोवेभ ओभनमा रु १,७०० देखि रु ६,५०० र भ्याकुम क्लिनरमा रु १,३१० देखि २,४१० सम्मको क्यास ब्याक पाउनेछन् । यो अफर सामसङको क्यामराहरुमा पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

easy care

प्रकाशित: १० आश्विन २०७१, शुक्रबार

ताजा समाचार