सोनीको एचडि ब्राभिया फोके टेलिभिजनहरु बजारमा

Technology Khabar १० आश्विन २०७१, शुक्रबार

सोनीको एचडि ब्राभिया फोके टेलिभिजनहरु बजारमा

काठमाडौं ।

काठमाडौं, १० असोज । सोनीले दशैं र तिहारको अबसरमा नयाँ सिरिजका एचडि टिभीहरु बजारमा ल्याएको छ । उत्कृष्ट साउन्ड सिस्टम र दृष्य भएका सोनीले ब्राभिया फोकेका तीन सिरिज, फुल एचडि टिभीका चार सिरिज र आर सिरिज टिभीका दुृई सिरिजहरु बजारमा ल्याएको हो ।

यी फ्ल्याट स्क्रिन टिभीमा कहिले पनि नदेखिएको वेज स्ट्रक्चर रहेको जसले सबै प्रकारले उत्कृष्ट ध्बनी प्रशारण गर्ने क्षमता राख्ने कम्पनीको दाबी छ । फोके टिभीमा फोके एक्स रियालिटि प्रो रहेको छ जसले दृष्यलाई अझ परिष्कृत गरी सार्प बनाउँछ र कन्ट्राष्ट बढाई टिभी स्क्रिनमा रङ्गहरु स्पष्ट देखिने बनाउँदछ । वान फ्लिक ईन्टरटेनमेण्ट नामक विशेषताले दर्शकहरुले आफ्नो मन पर्ने च्यानल सजिलै परिवर्तन गर्न सक्नेछन् ।

यस्तै BRAVIA R352B र R306B यस्ता टिभीहरु हुन जो वाह्य क्षति प्रतिरोधात्मक क्षमता रहेको छ । यि टिभीहरु धुलो, विधुतिय झट्का, चट्याङ्ग र उष्णताबाट हुन सक्ने क्षति रोक्न सक्दछ । ब्राभिया R352B र R306B टिभीहरु भ्यान्टिलेसनको काम गर्ने स–साना प्वालहरु रहेका छन् जसले टिभीलाई तात्न दिदैंन साथै यो प्रविधिले टिभी भित्र किराहरु प्रवेश गर्न रोक्ने बताईएको छ । यि टिभीहरुमा नौं किलो भोल्टसम्म चट्याङ्गको झट्का सम्हाल्न सक्ने क्षमता भएको कम्पनीको दाबीछ ।

नेपालका आधिकारिक विक्रेता र सोनी शो रुमहरुमा फोके लेट टिभीका X9000B मोडलका ६५ ईन्च र ५५ ईन्च, X8500B मोडलका ५५ ईन्च र ४९ ईन्च उपलब्ध छ । सथै फुल एचडि टिभीमा W850B मोडलको ६० ईन्च र ७० ईन्च, W800B मोडलका ५५, ५० र ४२ ईन्च र W700B मोडलमा ४२ र ३२ ईन्च, W600B मोडलमा ६० र ४० ईन्च र R470B, R420B, R472 मोडल उपलब्ध छ । ब्राभियाको Xtra Protection मोडल भने R352B ४२ ईन्च र R306B ३२ ईन्चमा उपलब्ध छ ।

easy care

प्रकाशित: १० आश्विन २०७१, शुक्रबार