यस्तो छ एचटीसी Desire 820 स्मार्टफोनको फीचर्स

Technology Khabar ८ आश्विन २०७१, बुधबार

यस्तो छ एचटीसी Desire 820 स्मार्टफोनको फीचर्स

काठमाडौं ।

काठमाडौं, ८ असोज । ताइवानको स्मार्टफोन निर्माता कम्पनी एचटिसीले मंगलवार तीन नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले एक समारोहकाबिच Desire 820, Desire 820q र 816G स्मार्टफोन सार्वजनिक गरेको हो ।htc-desire-82

यी तीनै स्मार्टफोन नोभेम्बरदेखि मात्र बजारमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ । यी स्मार्टफोनको बजार मूल्य कति हुने भनेर कम्पनीले सार्वजनिक गरेको पनि छैन् ।  महत्वपूर्ण विषय यो हो कि एचटीसीको Desire 820 स्मार्टफोनलाई बर्लिनमा भएको ‘आईएफए’मा एन्ड्रोइट अर्थोरिटीद्धारा ‘वेष्ट अफ शो’ ले सम्मानित गरिएको थियो ।

हेरौ Desire 820, Desire 820q स्मार्टफोनका फीचर्सहरु जसले यी स्मार्टफोनलाई अझै आकर्षक र विशेष बनाएका छन् –

  • फोनको स्क्रिन 5.5 इंचको HD हो
  • यसको डिस्प्ले 720×1280 पिक्सलको छ
  • फोनको फ्रंट क्यामरा 8 मेगापिक्सल छ भने रियर कैमरा 13 मेगापिक्सलको छ जसमा BSI सेंसरका साथ f/2.2 का अपारचर पनि रहेको छ
  • फोनको क्यामराले कम उज्यालोमा पनि निकै आकर्षक फोटो खिच्न सक्दछ
  • HTC डिजायर 820 मा क्वालकॉम स्नैपड्र्यागन 615 (1.5 गीगाहर्ज, ओक्टाकोर सीपीयू तथा 1.0 गीगाहर्टज ओक्टाकोर सीपीयू) रहेको छ
  • फोनमा 2 जीबीको र्याम तथा 16 जीबीको इंटरनल मेमोरी छ । साथमा यसमा 128 जीबीको मेमोरी SD कार्डद्धारा राख्न सकिन्छ
  • फोनमा 2600mAh को ब्याट्री छ
  • फोनको अपरेटिंग सिस्टम किटक्याट 4.4 हो जसमा HTC सेंस पनि राखिएकोछ
  • फोनमा स्टेरियो अडियो ज्याक, ब्लूटूथ, वाई-फाई को निकै राम्रो क्वालिटी छ
  • फोनमा 4जी कनेक्टिविटीको भी सुविधा छ जुन 150mbps सम्मको स्पीडमा पनि संचालन हुन्छ
  • Desire 820q को फीचर्स पनि Desire 820 सँग निकै मिल्दछ तर यसमा 1.2GHz क्वालकॉम स्नैपड्रयागन प्रोसेसरका साथै 1GB र्याम राखिएको छ
  • फोन को बजार मूल्य ४० हजार रुपैयाँको हाराहारफमा हुने अनुमान गरिएकोछ

816G को फीचर्स

यसकोसाथै कंपनीले 816G  स्मार्टफोन पनि सार्वजनिक गरेकोछ । यस स्मार्टफोनमा 5.5 इंचको 720X1280p रेज़ोल्यूशन भएको स्क्रीन राखिएकोछ । यसले एंड्रॉयड 4.4 किटक्याट अपरेटिंग सिस्टम सपोर्ट गर्दछ ।htc-desire-820-7

यसका साथै यसमा 1GB को र्याम तथा 1.3GHz क्वाडकोर मीडियाटेक प्रोसेसर राखिएकोछ । यसमा फ्रंट प्यानलमा बूमसाउंड स्टीरियो स्पीकर्स जडान गरिएकोछ जसले म्यूज़िकलाई एक अलग लेवल प्रदान गर्दछ ।

Global Bank
easy care

प्रकाशित: ८ आश्विन २०७१, बुधबार

ताजा समाचार