सामसङका नयाँ एसेसरिज बजारमा

Technology Khabar ८ आश्विन २०७१, बुधबार

सामसङका नयाँ एसेसरिज बजारमा

काठमाडौं ।

काठमाडौं, ८ असोज ।सामसुङ मोबाइलको नेपालका लागि आधिकारिक वितरक आइएमएसले आकर्षक एसेसरिज- ल्यान युएसबी हब र एस एक्शन माउस बजारमा ल्याएको छ ।

ल्यान युएसबी हबले ग्राहकलाई नोट प्रो१२.२ तथा ट्याब एसलाई इथरनेट केबलबाट इन्टरनेटमा कनेक्ट गर्न मद्दत गर्छ । साथै, ग्राहकले किबोर्ड, माउस र अन्य उपकरण पनि ल्यान युएसबी हबमार्फत नोटप्रो १२.२ तथा ट्याब एसमा जोड्न सक्छन् ।

यसको २१ पिनको आकर्षक युएसबी ३.० कनेक्टरले एडप्टर प्रयोग गर्दा सजिलै चार्ज गर्ने सुविधा पनि प्रदान गर्ने कम्पनीको भनाइ छ ।

कम्पनीकाअनुसार एस एक्शन माउस १० मिटरको दुरीसम्म चलाउन मिल्ने पूर्ण रुपमा ब्लूटुथ ३.० सपोर्ट गर्ने माउस हो । अत्याधिक आरामदायी रकन्ट्रोल भएको यो माउसमा वायरलेस माउसको सुविधा र वायर्ड माउसको सटिक नियन्त्रणलाई समावेश गरिएको बताइएको छ ।b

एस एक्शन माउसको रिसेन्ट एप/मेनु र मल्टीविन्डो सुविधाले रिसेन्ट एप हेर्न र मल्टी विन्डो चलाउन सहज बनाउँछ । एन्ड्रोइड ४.४ वा सो भन्दा माथि भएको र रिसेन्ट एप वा मेनु र मल्टी विन्डोसपोर्ट गर्ने सामसुङका कुनैपनि मोबाइल र ट्याब्लेटमा यो माउस प्रयोग गर्न सकिने कम्पनीले जनाएकोछ ।

Global Bank
easy care

प्रकाशित: ८ आश्विन २०७१, बुधबार

ताजा समाचार