Technology Khabar ७ आश्विन २०७१, मंगलवार
काठमाडौं ।
काठमाडौं, ७ असोज । कोरियाली कम्पनी सामसुंगले आफ्नो नयाँ मोबाइल फोन ग्यालेक्सी अल्फा २७ सेप्टेम्बरमा सार्वजनिक गर्ने भएको छ । यसको डिजाइन निकै आकर्षक रहेको छ भने यो फोन निकै हलुका पनि छ । यो फोन दूई मोडलमा उपलब्ध रहेको तथा यो एन्ड्रोइडमा आधारित फोन हो ।
ग्यालेक्सी अल्फाको स्क्रीन ४.७ इन्चको छ भने यो सुपर एमोेलेड डिस्प्लेयुक्त छ जसको रिजोलुशन १२८० ७२० पिक्सेल छ । यो हेडसेटको ब्याट्रिसहितको तौल ११५ ग्राम मात्र रहेको छ । यो फोन निकै पातलो छ भने यसको मोटाई ६.७ मिलिमिटर रहेको छ ।
यो फोनको र्याम २ जीबीको छ भने ३२ जीबीको आन्तरिक रोम रहेको छ । तर यसमा कुनै माइक्रो एसडी कार्ड स्लट छैन् ।
यसको रियर क्यामेरा १२ मेगापिक्सेलको अटो फोकस रहेको छ भने २१६० भीडियो प्रति ३० फ्रेमको गतिमा शुट गर्नसक्दछ । यसको फ्रन्ट क्यामेरा भने १ मेगापिक्सेलको मात्र रहेको छ ।
यसको अन्य फीचरमा थ्रीजी, वाईफाई, ब्लूटूथ, जीपीएस, हार्ट रेट सेंसर तथा फिंगर प्रिन्ट स्क्यानर छ । यसको ब्याट्रि १८०० एमएएचको छ । कम्पनीले यस फोनको बजार मूल्य हाल सार्वजनिक गरेको छैन् । तर सेप्टेम्बर २७ तारिखमा नै बजार मूल्य पनि घोषणा हुने अनुमान गरिएको छ । एजेन्सी
प्रकाशित: ७ आश्विन २०७१, मंगलवार