पानासोनिक मोबाइल अब नेपाली बजारमा

Technology Khabar ७ आश्विन २०७१, मंगलवार

पानासोनिक मोबाइल अब नेपाली बजारमा
Global IME Bank

काठमाडौं ।

काठमाडौं, ७ असोज । नेपालकोलागि कार्बन मोबाइलको आधिकारिक विक्रेता एलाइड ट्रेड लिङ्क इन्टरनेशनलले पानासोनिक मोबाइल फोन नेपाली बजारमा भित्र्याएको छ।

सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा पानासोनिकका जापानी तथा भारतीय प्रतिनिधिहरुमाझ पानासोनिकका मोबाइल सेटहरु सार्वजनिक गरेको हो। एलाइडले सार्वजिक गरेका सबै सेटहरुमा डुअल सिम लाग्छ भने नेपाली ग्राहकलाई लक्षित गरेर जिएसएम र सिडिएमए (सिम र रिम) दुवै लाग्ने सेट पनि भित्र्याएकोछ ।

कार्यक्रममा पानासोनिक स्मार्टफोनका महाप्रबन्धक मासायुकी इनुले भारतमा सार्वजनिक गरिएको मोबाइलले लोकप्रियता कमाउँदै गएकोले नेपालमा पनि पानासोनिकले राम्रो बजार लिने विश्वास रहेको बताए ।

एलाइडले फिचर तथा स्मार्ट फोन गरि १३ वटा फोन सार्वजनिक गरेको छ । यी सेटहरुको मूल्य हाल नतोकिएपनि फिचर फोन ३५ सयदेखि छ हजार रुपैयाँ पर्ने तथा स्मार्टफोनहरु १० देखि ३५ हजार रुपैयाँसम्मकाे रहेको कम्पनीले जनाएको छ । तस्विर बिजमाण्डूबाट

Sajilo Visa

प्रकाशित: ७ आश्विन २०७१, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार