Technology Khabar ७ आश्विन २०७१, मंगलवार
काठमाडौं ।
काठमाडौँ, ७ असोज । कलर्स मोबाइलले सीमित बजेटमै उपलब्ध हुने तीन प्रकारका मोबाइल सेट बजारमा ल्याएको छ । कम्पनीले ‘एफ ०१२’, ‘एफ १४एन’ र ‘एफ ८एन’ मोडलका सेटहरू सार्वजनिक गरेको हो । यी फोन बलिया तथा टिकाउसमेत भएको कम्पनीको दाबी छ । विशेषगरी सीमित बजेटमा आधुनिक फिचर्सको प्रयोग गर्न मन पराउने ग्राहकलाई लक्षित गरी यी फोन बजारमा ल्याइएको कम्पनीले बताएको छ । यी फोनमा १ हजार ४सय मेगाहर्ज क्षमताको शक्तिशाली ब्याट्री प्रयोग गरिएको छ ।
एफ ०१२ मोडलको मोबाइल सेटमा २ इञ्चको टीएफटीस्क्रिनको प्रयोग गरिएको छ । एफ ८एन मोडलको सेटमा १ दशमलव ७७ इञ्चको टीएफटी स्क्रिन छ । त्यस्तै, एफ १४एन मोडलको सेटमा भने २ दशमलव ४ इञ्चको एलसीडी स्क्रिनको प्रयोग गरिएको छ । यी सवै सेटमा क्यामेराका साथै सङ्गीतको मज्जा लिनेहरूका लागि आकर्षक स्पिकरको समेत व्यवस्था गरिएको छ ।
एफ ०१२सेटमा वायरलेश एफएम प्लेयर र टर्चको सुविधा छ । यसमा १ हजार मेगाहर्जको ब्याट्री सपोर्ट गर्दछ । त्यस्तै, दुईओटा सिम कार्ड चलाउन मिल्ने एफ ८एन मोडलको सेटमा वायरलेश एफएम र जीपीआरएस प्रणालीको सुविधा पनि छ । यसैगरी एफ१४एन मोडलको सेटमा पनि दुईओटा सिम कार्ड प्रयोग गर्न मिल्छ । यसमा जीपीआरएस र एफएमको सुविधा छ ।
एफ ०१२, एफ ८एन र एफ १४एन मोडलको बजार मूल्यक्रमशः १ हजार ७ सय २५, १ हजार ५ सय ९९ र २ हजार १ सय ७५ रुपैयाँ छ । नेपालमा यो फोनको विक्री टेलिटक प्रालिले गर्दै आएको छ ।
प्रकाशित: ७ आश्विन २०७१, मंगलवार