एनसेल एप क्याम्पबारे जानकारी सत्र सकियो

Technology Khabar ७ आश्विन २०७१, मंगलवार

एनसेल एप क्याम्पबारे जानकारी सत्र सकियो

काठमाडौं ।

काठमाडौं, ७ असोज। एनसेल एप क्याम्प २०१४ मा भाग लिन उत्सुक युवाहरुलाई उक्त प्रतिस्पर्धाको बारेमा जानकारी दिन एनसेलले सोमबार डिब्रीफिङ कार्यक्रम आयोजना गरेकोछ । कार्यक्रममा २०० भन्दा बढी विद्यार्थी तथा इच्छुक डेभलपरहरु सहभागी भएका थिए ।

देशमा रहेको डिजिटल सम्भावनालाई अगाडि ल्याउन र युवा डेभलपरहरुलाई नवीनतम व्यवसाय निर्माण गर्न प्रेरित गर्ने उद्देश्यले एनसेलले आफ्नो कर्पोरेट सामाजिक जिम्मेवारी अन्तर्गत मोबाइल एप्लिकेशन बनाउने प्रतिस्पर्धा ल्याएको जनाएको छ।

कार्यक्रममा सहभागीहरुलाई प्रतिस्पर्धामा भाग लिनका लागि ध्यान दिनु पर्नेकुराहरु लगायत सम्पूर्ण प्रकृयाको वारेमा जानकारी दिइएको थियो। सहभागीलेपनि छनोट प्रकृया, आफूले बनाएको एप्लिकेसनको स्वामित्व कसको हुने लगायतका विषयमा जिज्ञासा राखेका थिए। एनसेलका प्रतिनिधि तथा संलग्न व्यक्तिहरुले उक्त प्रश्नहरुको जवाफ दिएका थिए।

कार्यक्रममा मोवाइल एपका विज्ञहरुले सहभागीहरुलाई प्राविधिक जानकारी तथा आफ्ना व्यक्तिगत अनुभवहरु पनि सुनाएका थिए।

काठमाडौं विश्वविद्यालयमा अर्थशास्त्र विषयमा स्नातक गरिरहेका सुशान्त आचार्यले कार्यक्रमले उनलाई एनसेल एप क्याम्प २०१४ बारे पूरा जानकारी दिई स्पष्ट पारेको र चाडै नै आफ्नो समूह बनाएर प्रतिस्पर्धामा भाग लिने योजना सुनाए।

त्यसैगरी काठमाडौं विश्वविद्यालयमा कम्प्युटर साइन्स तथा इन्जिनियरिंङअध्ययन गरिरहेका चन्दन गुप्ताले एनसेलले ल्याएको यो कार्यक्रमले आफूजस्ता विद्यार्थीहरुका लागि एउटा सुनौलो अवसर दिएको र यसमा सहभागी भई समूहमा कामगर्ने कौशल तथा समुदायमा चिनिन पनि सकिने सम्भावना रहको विचार व्यक्त गरे।

गुप्ताले उपभोग्य वस्तुको मूल्यबारे जानकारी दिने तथा भविष्यमा हुनसक्ने मूल्यको प्रक्षेपण गर्न सक्ने मोवाइल एप बनाउने दावी गरे।

एनसेल य्याप क्याम्प २०१४ मोबाइल एप्लिकेशन बनाउने एक प्रतिस्पर्धात्मक कार्यक्रम हो जसअन्तर्गत सहभागीले पहिला विश्वव्यापी र स्थानीय एप व्यवसायबारे ज्ञान, एप बनाउने कौशल र यसको वरिपरि व्यवसायको निर्माण गर्नेबारे जानकारी प्राप्त गर्ने र त्यसपछि एक–अर्कासग प्रतिस्पर्धा गरि आकर्षक पुरस्कार जित्न सक्ने कम्पनीको भनाईछ ।

प्रतिस्पर्धा कृषि, कर्पोरेट सल्युशन, शिक्षा र पर्यटन गरि जम्मा चारवटा विधाहरुमा हुनेछ । यसमा एप डेभलपर र यस सम्वन्धि चासो राख्ने समूहले निःशुल्क भाग लिनसक्नेछन् ।

हरेक विषयगत विजेताले दुर्इ लाख ५० हजार नगद पुरस्कार जित्नेछन् भने मुख्य विजेताले थप पाँच लाखका साथै विदेशमा हुने यस्तै खाले एप क्याम्पमा सहभागीहुने मौका पनि जित्ने छ । प्रतिस्पर्धामा भाग लिन डेभलपर समूहले २०७१कार्तिक ११ गते दिनको १२ बजेसम्म आफ्नो समूह तथा आइडिया दर्ता गरिसक्नुपर्नेछ ।

Global Bank
easy care

प्रकाशित: ७ आश्विन २०७१, मंगलवार

ताजा समाचार